२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीको हिरासतबाटै ६ अभियुक्तले दिए कक्षा १२ को परीक्षा

अ+ अ-

काठमाडौँ। जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतबाट ६ जना अभियुक्तले कक्षा १२ को वार्षिक परीक्षा दिएका छन् ।

परीक्षा दिनेमा १५ चैतमा भएको राजावादी प्रदर्शनमा भाटभटेनी सुपरमार्केटमा लुटपाट गरेको आरोपमा पक्राउ परेका सिराहाका १९ वर्षीय दिनेश महतोदेखि अन्य मुद्दाका अभियुक्तसम्म छन् ।

काठमाडौँ प्रहरीका अनुसार, आइतबारबाट सुरु वार्षिक परीक्षाको तयारीमा रहेका तर, विभिन्न कसुरमा हिरासतमा पुगे पनि उनीहरूको शिक्षाको हकलाई ख्याल गर्दै परीक्षा दिने व्यवस्था गरिएको हो ।

चोरी आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका दावा शेर्पाले भने काठमाडौँ प्रहरी परिसरबाट परीक्षा दिइरहेका छन् । उनीहरूको परीक्षाका लागि प्रहरीले केन्द्राध्यक्ष नै बोलाएर छुट्टै गार्ड र बेन्चको व्यवस्था गरेको थियो ।

काठमाडौँ प्रहरी मातहत रहेका अभियुक्तहरूमध्ये थप दुई जनाले पनि परीक्षा फारम भरेका थिए । तर, उनीहरूले परीक्षा दिन रुचि देखाएनन् ।

जबरजस्ती करणी सम्बन्धी कसुरमा प्रहरी वृत्त गौशालामा रहेका अभयराज सिंहको पनि कक्षा १२ को परीक्षा थियो । तर, २० वैशाखमा पक्राउ परेका उनले परीक्षा दिएनन् ।

उनी नामी कलेजमा पढिरहेका थिए । ज्यान मार्ने उद्योगका आरोपित राजकुमार खडायतले पनि परीक्षा दिएनन् । उनी दुर्गालक्ष्मी मावि अत्तरियामा अध्ययनरत थिए ।

अदालतबाट मुद्दा छिनोफानो भएर वा पुर्पक्षका लागि थुनामा रहेकाहरूलाई समेत अध्ययन गर्न चाहे कारागारबाट समेत पढ्न पाउने व्यवस्था छ । काठमाडौँको केन्द्रीय कारागारमा त कैदीबन्दीहरुका लागि छुट्टै स्कुल पनि छ ।

प्रतिक्रिया दिनुहोस