काठमाडौँ । खानेपानी मन्त्रालय अन्तर्गत कार्यरत इन्जिनियर दीपेन्द्र कुमार साहले खानेपानी मन्त्री प्रदीप यादवबाट असुरक्षा भएको भन्दै गृहमन्त्री समक्ष सुरक्षा माग गरेका छन्। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरमा आयोजना प्रमुखको जिम्मेवारी सम्हालेका साहलाई मन्त्री यादवको व्यक्तिगत स्वार्थका कारण सरुवा गरिएको र सुरक्षा खतरा भएको उनको गुनासो छ।
साहले गृहमन्त्रीलाई लेखेको पत्रमा मन्त्री यादवले डिप बोरिङ सम्बन्धी ७ करोडको काम आफ्ना मान्छेलाई नदिएको भन्दै आफूलाई सरुवा गरेको आरोप लगाएका छन्। मिति २०८१/१२/२८ मा काठमाडौँको आयोजना निर्देशनालयमा सरुवा गरिएको सूचना प्राप्त भए लगत्तै मन्त्रीको निर्देशनमा कुर्सी छोड्न, कार्यकक्ष र आवास खाली गर्न तथा गाडी खोस्ने जस्ता अमानवीय दबाब दिइएको उनले उल्लेख गरेका छन्।
साहले आफू र परिवारको सुरक्षाका लागि गृहमन्त्रीसँग अनुरोध गर्दै भनेका छन्, “मन्त्रीज्यूबाट सुरक्षा खतरा अनुभव गरेको छु। म र मेरो परिवारको सुरक्षा व्यवस्था मिलाइदिन अनुरोध गर्दछु।” साहले मन्त्रालयमा दर्ता गरेको निवेदन शान्ति सुरक्षा शाखामा पुगेको प्रशासन सिंहदरवार विशेष स्रोतले जानकारी दिएको छ ।

इन्जिनियर साहले केही दिन अघि मात्रै खानेपानी मन्त्री यादवमाथि कारबाहीको माग गर्दै प्रधानमन्त्री समक्ष पनि निवेदन दिएका थिए । साहले मन्त्री यादवलाई निलम्बन गरी उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न, आफूलाई तत्काल पुनर्बहाली गर्न, मन्त्रीको कथित अनियमितता छानबिन गर्न र खानेपानी क्षेत्रमा व्यक्तिगत स्वार्थको हस्तक्षेप रोक्न चार बुँदे माग राखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दर्ता गराएका थिए ।
सम्बन्धित समाचार : खानेपानी मन्त्री यादवमाथि कारबाहीको माग, इन्जिनियर साहको प्रधानमन्त्रीसमक्ष उजुरी
खानेपानी मन्त्री यादव कर्मचारी सरुवा, करारमा भर्ती तथा योजनाको विषयलाई लिएर विवादित बन्दै आएका छन् ।
सम्बन्धित समाचार : खानेपानी आयोजना जनकपुरमा निमित्त हाकिम र कर्मचारीबीचको लफडा सतहमा
सम्बन्धित समाचार : जनकपुर खानेपानी बिबाद: कर्मचारीले मन्त्री यादवलाई भने–‘निमित्त प्रमुख हटाऊ, नभए हाम्रो सामूहिक सरुवा गर’
सम्बन्धित समाचार : खानेपानीमा बेथिति शृङ्खला -३ : न्याय माग्ने कर्मचारीको नै सरुवा, जिल्लादेखि केन्द्रसम्मको सेटिङ !
सम्बन्धित समाचार : खानेपानी बेथिति शृङ्खला–४ : मन्त्री यादवको संरक्षणमा निमित्तले १३ दिनमै सकाए डेढ लाखको इन्धन !
सम्बन्धित समाचार : खानेपानी मन्त्री यादवका मान्छेलाई ‘७ करोडको ठेक्का नदिँदा’ जिम्मेवारी खोसियो भन्दै मुख्यसचिवलाई निवेदन