१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नर:दे (हाँडी गाउँ) भीमसेन स्थानमा फल्चासहितको पुस्तकालय भवन निर्माणका लागि शिलान्यास सम्पन्न

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नर:दे (हाँडी गाउँ) भीमसेन स्थानमा फल्चासहितको पुस्तकालय भवन शिलान्यास गरेको छ ।

बुधवार महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र वडाध्यक्ष वीरेन्द्र प्रजापतीले वैदिक विधिअनुसार जग पूजा र शिलान्यास गरेकी हुन् ।

शिलान्यासपछिको संक्षिप्त प्रतिक्रियामा उपप्रमुख डंगोलले, सम्पदा मूल्य अन्य कुनै बस्तु वा सामग्रीसँग तुलना गर्न नसकिने बताउँदै मौलिक स्वरूपमा सम्पदा पुनरुत्थानमा महानगरपालिकाले लगानी बढाएको उल्लेख गरिन् । मूर्त, अमूर्त सम्पदासँगै अभिलेख सम्पदा संरक्षण र प्रवर्धनमा महानगरपालिकाले अविराम काम गरिरहेको उनको भनाइ छ ।

हाँडी गाउँलाई प्राचीन नर:देको स्वरूपमा फिर्ता लैजान काम गरिरहेका छौँ । वडाध्यक्ष प्रजापतीले, फल्चा निर्माण यसको एउटा इटा भएको उल्लेख गरे।

भवनको प्लिन्थ एरिया ९४० वर्ग फिटको हुनेछ । ९.०४ मिटर उचाइ (तीन तले) हुने भवनको जमिन तला, मध्य भागमा प्रांगण हुनेछ । भवनको सडकतर्फको भागमा फल्चा हुनेछ । भवनभित्र बहुउद्देश्यीय सभा कक्ष, पुस्तकालय कक्ष, कार्यालय कक्षसहितका सुविधा हुनेछन् । भवन नेपाल मण्डलको परम्परागत शैलीमा निर्माण हुनेछ ।

भवन निर्माणको लागत करसहित २ करोड ८४ लाख ८० हजार रुपैयाँ थियो । सार्वजनिक खरिद प्रक्रियाबाट १ करोड ७४ लाख ७९ हजार रुपैयाँ कबोल गर्ने निर्माण पक्षले कामको जिम्मेवारी पाएको छ । २०८२ चैत मसान्तभित्र यसको निर्माण सम्पन्न गरिसक्नु पर्नेछ ।

यो स्थानमा बि.सं. २०१९ सालदेखि पुस्तकालय सञ्चालन रहेको हाँडी गाउँ सम्पदा समाजका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए ।

यससँगैको फल्चा भने स्थानीय पैँता खलले प्रयोग गर्ने गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस