२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संयुक्त राष्ट्र संघको कार्यालयमा बुद्धको मूर्ति स्थापना गर्नुपर्ने

अ+ अ-

काठमाडौं । गौतम बुद्धले देखाएको बाटोलाई विश्वभर फैलाउन संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालयमा बुद्धको मूर्ति स्थापना गर्नुपर्नेमा जोड दिइएको छ ।

पच्चीस सय ६२औँ बुद्ध जयन्तीका अवसरमा बुद्ध जयन्ती समारोह समिति, संयुक्त राष्ट्र संघ काठमाडौं र नेपाल बौद्ध परिषद्ले आज संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बुद्ध धर्मसँग सम्बन्धित पुरातात्विक सम्पदालाई महानगरले संरक्षण तथा संवर्दन गर्ने बताए । ‘गौतमबुद्धको जन्मभूमि रहेको नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा बुद्धको मूर्ति स्थापनाका लागि महानगरपालिका सहयोग गर्न तयार छ’, उनले भने ।

नेपालका लागि म्यानमारका राजदूत तिरी प्याची यु थान मे लियोनले गौतमबुद्धको जन्मस्थल नेपालमा आएर बुद्धजयन्ती मनाउन पाएकामा खुशी व्यक्त गरे । ‘आजको दिन महत्वपूर्ण दिन हो, म्यानमारका ८० प्रतिशत बुद्धधर्म मान्ने जनताले बुद्धजयन्तीलाई विशेष दिनका रुपमा लिएका छन्’, उनले भने ।

संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को) का देशीय निर्देशक क्रिष्टियन म्यानहार्टले विश्वभर बुद्धको सन्देश फैलाउन उक्त कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

बुद्ध जयन्ती समारोह समितिका अध्यक्ष धर्म मूर्ति, महासचिव शंकररत्न शाक्य, नेपाल बौद्ध परिषद्का अध्यक्ष महिश्वरराज बज्राचार्यलगायतले बुद्धको जन्म नेपालमा भएको भन्दै बुद्ध जयन्तीलाई एक दिनमात्र मनाएर नपुग्ने बताए ।

सन् १९९९ मा संयुक्त राष्ट्रसंघले हरेक वर्ष विश्वभर बुद्धजयन्ती मनाउने निर्णय गरेसँगै युएनको नेपालस्थित कार्यालयमा पनि सन् २००२ देखि बुद्ध जयन्ती मनाउन शुरु गरिएको हो । रासस