काठमाडौँ । तीन प्रमुख दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ।
संक्रमणकालिन न्याय लगायतका विषयमा छलफल गर्न तीन शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जुटेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरू छलफलमा जुटेका छन् ।
तीन नेताबीच संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।