२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्दननाथ मन्दिरमा दत्तात्रेयको मूर्ति पुनःस्थापना

अ+ अ-

जुम्ला । जुम्लाको चन्दननाथ मन्दिरमा भारतको देहरादूनबाट दत्तात्रेयको मूर्ति ल्याएर पुनःस्थापना गरिएको छ।

२०७३ मंसिर ११ गते राति कर्णालीको धार्मिकस्थल चन्दननाथ मन्दिरबाट १८ केजीको दत्तात्रेयको मूर्तिसहित २१ थान अन्य मूर्ति चोरी भएका थिए। चोरी भएकामध्ये अन्य मूर्ति देपालगाउँ गाविस, देपालगाउँ नजिकैको खोलामा २०७३ पुस १९ गते बेबारिसे रूपमा फालिएको अवस्थामा भेटिएका थिए।

चोरी भएकामध्ये सबैभन्दा ठूलो दत्तात्रेयको मूर्ति हालसम्म कतै नपाइएपछि देहरादूनबाट ल्याएर चन्दननाथ मन्दिरमा पुनःस्थापना गरिएको चन्दननाथ भैरवनाथ गुठी संस्थानका सचिव रमानन्द आचार्यले बताए।

सत्ताइस मूर्तिमध्ये दत्तात्रेयसहित छ मूर्ति पाइएका छैनन्। मूर्ति हराएको डेढ वर्षसम्म मन्दिर खाली भएको र त्यसका विषयमा कोही कसैले चासो नदेखाएपछि देहरादूनबाट बाबा भवानी गिरीले आफ्नै लगानीमा दुई पण्डितसहित पित्तलबाट निर्मित दत्तात्रेयको मूर्ति जुम्ला पुर्‍याएका थिए।

उक्त मूर्ति विधिवत् रुपमा मन्दिरमा पुनःस्थापना गरिएको सचिव आचार्यले जानकारी दिए। यही वैशाख १३ गते बिहान ९ः४५ बजेदेखि २७ घण्टे अखण्ड हवनसमेत मन्दिरभित्र चलाइएको थियो। दत्तात्रेयको मूर्ति व्यक्तिगत रुपमा ल्याएर प्रतिस्थापन गर्दा समेत सरकारी क्षेत्रको कुनै चासो नभएको धार्मिक सरोकार भएकाको गुनासो छ।

हराएका बहुमूल्य मूर्तिको अनुसन्धान गरी पत्ता लगाउन प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले प्रत्यक्ष जिम्मा लिई स्थलगत अनुसन्धान थालेको थियो। बहुमूल्य चाँदीले बनेको र सुनको गजुर भएको मूर्ति पत्ता लगाउन ढिलाइ भएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जानकारी दिए।

पन्धौँ शताब्दीमा सिद्ध चन्दननाथ बाबाले कालीमार्सी धान रोप्ने क्रममा चन्दननाथको पूजा आरम्भ गरेदेखि निरन्तर पूजा भइरहेको बताइन्छ।