१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङका ८३ सामुदायिक वन डढेलोको जोखिममा

अ+ अ-

देउखुरी (दाङ) । दाङका ८३ सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेका छन् । चुरे क्षेत्रमा रहेका सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । 

पछिल्ला वर्षमा दाङका विभिन्न ठाउँमा डढेलो लाग्दा वन क्षेत्रमा ठूलो क्षति पुगेको डिभिजन वन कार्यालयले जनाएको छ । यहाँका वनमा आगो लाग्न सुरु भएको छ । लामो खडेरीले पातपतिङ्गर सुक्दा तथा हावाहुरीका कारण वन क्षेत्रमा अहिले आगलागीका घटना बढ्न थालेका छन् । कार्यालयका अनुसार गर्मी बढेसँगै दैनिक आगलागी र डढेलोका घटना बढ्न थालेका छन् । घोराही उपमहानगरपालिकाको वडा नं ३ र ५ का वन क्षेत्र तथा लमही नगरपालिकाको वडा नम्बर ६ को वन क्षेत्रमा डढेलो लागेको छ । 

जिल्लामा शून्य वन डढेलो अभियान चलाएर सामुदायिक वन उपभोक्ता समूहलाई सक्रिय बनाइए पनि विगत वर्ष जस्तै यस वर्ष पनि राष्ट्रिय तथा सामुदायिक वनमा आगलागीका घटना सुरु भएका छन् । डिभिजन वन कार्यालयका अनुसार यस वर्षको वसन्त ऋतुमा अत्यधिक गर्मी र सुक्खा मौसमका कारण वन डढेलोका घटना तीव्र रूपमा वृद्धि भएका निमित्त डिभिजनल वन अधिकृत मदनप्रसाद ढुङ्गानाले बताए।

डढेलोको उच्च जोखिम रहेका क्षेत्रमा जिल्लाको बबई, दङ्गीशरण, घोराहीका वडा नं २, ३ र ५, राप्ती नदी आसपासका वन, बङ्गलाचुलीको ८ नम्बर वडा, गढवा गाउँपालिकाको सालको वनमा समेत वन डढेलोको जोखिम रहेको ढुङ्गानाले बताए ।

डढेलो नियन्त्रणका लागि स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह, सुरक्षा निकाय तथा स्वयंसेवक सक्रिय रहे पनि मानवीय लापरबाहीका कारण वनमा आगलागी बढेको उनले बताए । जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, सामुदायिक वन समूह, उपभोक्ता समूह, डढेलो नियन्त्रण दस्तासँग डढेलो रोकथामका लागि समन्वयात्मक योजना पनि बनाउने गरिएका पनि वनमा आगलागी भइहालेमा नियन्त्रणका लागि पर्याप्त सामग्री नहुँदा समस्या हुने गरेको छ ।

डढेलो नियन्त्रणका लागि प्रचारप्रसारका कार्यक्रम, जोखिम क्षेत्रका विद्यालयमा पुगेर स्कूल शिक्षा, अग्निरेखा निर्माण र मर्मतलगायत कार्यक्रम नियमित जसो भइरहे पनि वन डढेलो नियन्त्रणमा सधैँ चुनौती हुने गरेको डिभिजन वन कार्यालयका वन अधिकृत टेकन आचार्यले बताए ।  

उनले भने, “डढेलोले हुने क्षतिका बारेमा चेतनामूलक कार्यक्रम गर्दै आएका छौँ ।” वनमा च्याउ, जडीबुटी र अन्य पालुवा उमार्नुपर्ने तथा वनमा डढेलो लगाउनेको पहिचान गरी कारबाही गर्नुपर्ने उनको भनाइ छ । वन क्षेत्रमा आगो लगाउँदा घाँसपातका पालुवा चाँडै पलाउने र वर्षायाममा जङ्गली च्याउ उत्पादनमा वृद्धि हुने गलत सोचाइ राखेर स्थानीयले वनमा डढेलो लगाउने गर्दा यो समस्या धेरैजसो हुने गरेको आचार्यको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस