दार्चुला । एक सय ३६ ग्राम लागुऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र बांगाबगरबाट खटिएको प्रहरी स्थानीय ४६ वर्षीया जानकी कार्कीलाई जिल्लाको महाकाली नगरपालिका-१ छापरीबाट कार्कीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कार्कीले सञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा पैसा राख्ने गल्लाभित्र चरेस फेला परेको हो ।कार्कीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।