२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङको शीतोष्ण फलफूल बगैँचामा फुलेका फूल

अ+ अ-

मुस्ताङ । मुस्ताङमा शीतोष्ण फलफूल बगैँचाका बोटमा झपक्कै फूल फुलेका छन् । घरपझोङ-२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रका विभिन्न प्रजातिका फलफूल बोटहरू यतिखेर फूल फुलेर सेताम्मे भएका हुन् । विगतका वर्षहरूमा भन्दा यसवर्ष केही हप्ता ढिलो गरी शीतोष्ण फूलहरू फुल्न थालेको हुन्   ।

मुख्य रूपमा मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूल तथा तरकारीको उत्पादन, बीउ तथा बिरुवा उत्पादन गर्ने कार्य गर्दै आइरहेको छ । जिल्लामा स्याउ खेतीको विकास समेत यही केन्द्रले सुरुआत गरेको थियो । मुस्ताङको त्यही केन्द्र हो, जसले यहाँ विभिन्न जातजातिका फलफूलको बीउ तथा बिरुवा उत्पादनका साथै फलफूल उत्पादनमा समेत जोड दिइरहेको छ । मुस्ताङका कृषकहरूको आर्थिक विकासमा टेवा पुर्‍याउन र फलफूल तथा तरकारी खेतीको विकास गरी यहाँका किसानको जीवनस्तर सुधार गर्न केन्द्रले दिँदै आइरहेको योगदान अतुलनीय छ ।

 वसन्त ऋतुको आगमनको सुरुआतसँगै यहाँका शीतोष्ण फलफूलका बोट झपक्कै फूल फुल्न थालेका हुन् । केन्द्रले उत्पादन गर्ने हाईचिलिङ जात अर्थात् अत्यधिक चिस्यानको आवश्यकता पर्ने कागजी बदाम, आरु, आरुबखडा र खुर्पानीलगायतका फलफूल बोटमा बिस्तारै फूल फुलेर मुस्कुराउन थालेका छन् । यसरी बढी मात्रामा अत्यधिक चिस्यान चाहिने फलफूलका बोटमा फूल फुलेर धपक्कै हुँदा केन्द्रमा पुगेर अवलोकन गर्ने पर्यटक मोहित हुने गरेका छन् । तर, यहाँका स्याउ बोटहरूमा चैत्र महिनाको अन्तिम वा वैशाख महिनामा मात्रै फूल फुल्ने क्रम सुरु हुने केन्द्रले जनाएको छ ।

जिल्लाको बागवानी विकास केन्द्र र अन्य किसानले उत्पादन गर्ने यस प्रकारको अधिकांश जातका फूल फुल्ने  चरणमा रहेको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी र्दिए । केन्द्रमा उत्पादन हुने अधिकांश जातहरू हाईचिलिङअर्थात् अत्यधिक चिस्यानको आवश्यकता पर्ने फलफूलहरू रहेको उनले भनाइ छ । उनले यसप्रकारका हाईचिलिङ जातका फलफूल बोटलाई आठ सयदेखि एक हजार घण्टासम्म चिस्यानको आवश्यक पर्ने बताए । 

 केन्द्रमा उत्पादन हुने मुख्य फलफूल जातहरूमा कागजी बदाम ने प्लस अल्ट्रा जातको फलफूलअन्तर्गत पर्दछ । यी मुख्य फलफूलअन्तर्गत आरु फलफूलमा एक अर्ली रेड जात र अर्को ओराइन जातअन्तर्गत पर्दछ । आरुबखडा, मिथ्ले र सान्तारोजा जातमा पर्छ । खुर्पानी सक्करपारा जातमा पर्दछ । केन्द्र प्रमुख आत्रेयले केन्द्रमा मुख्यगरी पाइने यस प्रकारको जात महत्त्वपूर्ण जातको रूपमा रहेको जानकारी दिए ।

समुद्री सतहदेखि एक हजार आठ सय मिटर उचाइदेखि करिब तीन हजार मिटरसम्मको उच्च भूगोलमा उत्पादन हुने यसप्रकारका फलफूलमा पछिल्लो समय जलवायु परिवर्तनको असरले प्रतिकूल बनाउन थालेको केन्द्र प्रमुख आत्रेयले खुलाए ।  “जलवायु प्रभावले जमिनको तापमान वृद्धि भइरहेकाले फूल फुल्ने क्रम केही छिटो हो कि भन्ने अनुभूति गरेका छौ”, केन्द्र प्रमुख आत्रेयले थपे, “बर्सेनि मुस्ताङको तल्लो क्षेत्रमा उत्पादन हुने यसप्रकारका फूलफूल जातहरू माथि माथि सर्दै जान थालेको छ ।” उनले अनुकूल समयमा एकदुई फेरि आंशिक हिउँ पर्ने र तुषारोका कारण घरपझोङको मार्फा र जोमसोम क्षेत्रमा यसको असर पर्न थालेको बताए । केन्द्रले बर्सेनि गुणस्तरीय बिरुवा उत्पादन गर्ने र यसप्रकारका जातलाई प्रशोधित वस्तु तयार गरी बिक्री वितरण गर्ने काम गदैआइरहेको जानकारी दिए । 

 केन्द्रले  खुर्पानीको फलबाट प्रशोधित गरी ब्रान्डी, जाम र सुकुटी तयार गर्ने गरेको छ । यसैगरी आरुबखडाको वाइन बनाउने गरिएको छ । आरुको ताजा फल बिक्री गर्ने र कागजी बदामको बिरुवा उत्पादन गर्ने काम केन्द्रले गर्दै आइरहेको केन्द्र प्रमुख आत्रेयले उल्लेख गरे ।