काठमाडौँ । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं-९ का वडा अध्यक्ष प्रेम बहादुर आग्रीको निधन भएको छ ।
भारतको महाराष्ट्रमा उपचाररत आग्रीको आइतबार मध्य राति निधन भएको सूचना अधिकारी सिता कुमारी खत्री (गिरी) ले जानकारी दिइन् ।
क्यान्सरको उपचारका क्रममा उनी विगत एक वर्षदेखि भारतमा थिए । आग्री नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।







