२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठेकेदारले रोक्यो मेलम्ची !

अ+ अ-

काठमाडौं । सरकारले काठमाडौंमा मेलम्चीको खानेपानी आगामी दसैंसम्म ल्याउने दाबी गरे पनि काममा भएको ढिलासुस्तीका कारण समयसीमाभित्र उपत्यकावासीको अपेक्षा पूरा नहुने भएको छ। मेलम्चीको सुरुङ खन्ने काम सकिए पनि अहिले आयोजनाको काम पूर्णरूपमा रोकिएको छ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले पैसा नभएर ठेकेदारले काम रोकेको जानकारी दिए। उनले भने, ‘हामीले दिनुपर्ने भुक्तानी दिइसकेका छौं। तर, काम रोकिएको छ। काम कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल जारी छ।’

आयोजनाको सुरुङ खन्ने काम सकिए पनि ‘फिनिसिङ’ हुन सकेको छैन। अहिलेसम्म ३.६ किलोमिटर मात्र सुरुङ फिनिसिङ’ भएको छ। सुरुङलाई पूर्ण रुपमा ढलान गरेपछि मात्र यसमा पानी पठाउन सकिन्छ।

इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी)ले पैसा अभाव भएपछि एक अर्ब ६५ करोड भेरियसन दाबी गर्दै आएको छ। चिनियाँ कम्पनीले काम छाडेपछि सरकारले सीएमसीसँग २०१४ मा तयारी सुरुङ निर्माण र हेडवक्र्सको कामका लागि सम्झौता गरेको थियो। सात अर्ब ७१ करोड रुपैयाँमा काम सक्ने गरी भएको सम्झौताअनुसार अहिलेसम्म सुरुङ खन्ने काम मात्र सकिएको छ। अहिलेसम्म हेडवक्र्स (इन्टेक) का लागि माटो काट्ने काम मात्र भएको छ भने सुरुङ फिनिसिङको काम भएको छैन।

आयोजनाका सिनियर डिभिजन इन्जिनियर पन्तले सुरुङ निर्माणको काम नसक्दासम्म पानी फर्काउन नसकिने बताए। उनले भने, ‘ठेकेदारले पैसा व्यवस्था गरेर काम थाल्छु भनेको छ। भुक्तानीको चिन्ता छैन। काम अगाडि बढ्यो भने पैसा दिन सकिन्छ।’ आयोजनाका लागि चालु आवमा विनियोजित चार अर्ब रुपैयाँ पुँजीगत बजेट खर्च हुन सकेको छैन। अहिलेसम्म ठेकेदारले भुक्तानी पाउनेभन्दा ७० करोड रुपैयाँ बढी लिइसकेको समितिले जनाएको छ।

रोकिएको काम कसरी अगाडि बढाउने भन्ने विषयमा आयोजना विकास समिति र ठेकेदारबीच पटक–पटक वार्ता भइसकेको छ। ठेकेदारले पैसा व्यवस्था गरेर काम थाल्ने वचन दिएको सिनियर डिभिजन इन्जिनियर पन्तको भनाइ छ।

सुरुङको काम सकिएपछि मात्र पानी फर्काएर इन्टेकको काम अगाडि बढाउन सकिन्छ। यसका लागि अस्थायी पाइप राखेर पानी टनेलमा खसाल्ने सोचमा आयोजना छ। वर्षाको समयमा पानीको बहाव बढ्ने भएकाले हिउँदभन्दा पहिला अस्थायी रूपमा पानी टनेलमा खसाल्न सक्ने अवस्था छैन।

सुरुङ खन्ने काम सकिएको अवसरमा खानेपानीमन्त्री बिना थापामगरले दसैंमा काठमाडौंंमा मेलम्चीको पानी आउने बताए पनि दाता एसियाली विकास बैंकले भने पुस १५ मा मात्र आयोजनाको पानी आउने जनाएको छ। बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०१८ को अन्त्यसम्म काठमाडौं उपत्यकामा वितरणका लागि प्रतिदिन थप १७ करोड लिटर खानेपानी उपलब्ध हुनेछ। नयाँ प्रणाली सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा दैनिक कम्तीमा २–४ घण्टा खानेपानी आपूर्ति हुनेछ।’

समयमा काम नसकिँदा आयोजनाको लागतसमेत बढ्दै गएको छ। ०७४ को असार मसान्तसम्म सक्ने गरी पछिल्लो समय २३ अर्ब ४५ करोड लागत अनुमान गरिएको थियो। तर, आयोजनाकै लागि ०७४ को माघसम्म २४ अर्ब ८३ करोड रुपैयाँ खर्च भइसकेको छ। आयोजनामा २१ दशमलव ४१ प्रतिशत रकम परामर्शदाताका लागि मात्र खर्च भएको देखिन्छ। आजको अन्नपुर्णमा समाचार छ ।