२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यसरी मनाइयो महाशिवरात्रि तथा सेना दिवस-२०८१ (फोटोफिचर)

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।

सेनाले बुधबार टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमहरूको आयोजना गरी महाशिवरात्रि तथा सेना दिवस-२०८१ मनाएको हो । सो अवसरमा राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले वीर स्मारकमा पुष्पहार चढाइ सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कार्यक्रममा राष्ट्रपति पौडेलले सेनाको वार्षिक प्रकाशन सिपाही-२०८१ विमोचन गरेका थिए भने यसका साथै साथै फ्री(फल जम्पमा प्रथम र द्वितीय हुने क्रमशः सेनानी जगन्नाथ दनै र अमल्दार मित्र बहादुर राना मगरलाई पुरस्कार प्रदान पनि गरेका थिए । त्यसै गरी उनले कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिने नेपाली सेना सहित मित्रराष्ट्र भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्यान्ड टोलीका प्रमुखहरूलाई उपहार प्रदान गरे ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरद्वारा नेपालको राष्ट्रिय झण्डा लगायत महाशिवरात्रि तथा सेना दिवसको ब्यानर प्रदर्शन सहित पुष्पवृष्टि गरिएको थियो । कार्यक्रममा राइफल र तोपबाट बढाइँ गरिनुका साथै विविध सैनिक कला र सांस्कृतिक प्रस्तुति गरिएको थियो ।

सो अवसरमा प्रधानसेनापतिले गैर सैनिक क्षेत्रका ब्यक्तित्वहरुलाई प्रधानसेनापति प्रशंसा निसान तथा कदर पत्रद्वारा सम्मान गर्नुका साथै केन्द्रीय सैनिक ड्रिल प्रतियोगिता-२०८१ मा प्रथम तथा द्वितीय हुने क्रमशः श्री उपत्यका पृतना र श्री उत्तर पश्चिम पृतनालाई पुरस्कृत गरे ।

समारोहमा सम्माननीय उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीगण, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, पूर्व प्रधान सेनापतिहरू, मित्रराष्ट्र भारतका पूर्व स्थल सेनाध्यक्षहरू, नेपाल सरकारका सचिवहरू, सुरक्षा निकायका प्रमुखहरू, नेपाल सरकारका विशिष्ट पदाधिकारीहरू, महामहिम राजदूतहरू, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरू, सैनिक सहचारीहरू, युवा आदान प्रदान कार्यक्रममा सहभागी विभिन्न देशका क्याडेटहरु र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस