काठमाडौँ । नेपाली सेनाले आज २६२ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । शिवरात्रि तथा सेना दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको हो।
कार्यक्रममा सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र संगीतको धुन साथै नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन भएको थियो।
विशेष समारोहमा राष्ट्रपति राम चन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सरकारका मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति भएका थिए ।
नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।











