२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुढानीलकण्ठ नगरपालिकाद्वारा अदालतविरुद्ध अवहेलना नभएको जवाफ पेस

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले अदालतको निर्णय जानाजान अवज्ञा गर्ने कार्य नभएको लिखित जवाफ पेस गरेका छन् ।

अदालतको संवैधानिक इजलासले दिएको अन्तरिम आदेशको अवज्ञा गरेको उल्लेख गर्दै अधिवक्ता कृष्णराज अर्यालले नगरपालिकासहितलाई विपक्षी बनाई दायर गरेको अवहेलनासम्बन्धी निवेदनमा लिखित जवाफ माग गरिएको थियो ।

अदालतले मागेको लिखित जवाफ पेस गर्दै नगर प्रमुख अधिकारीले अदालतको अवज्ञा नगरेको उल्लेख गरेका छन् ।

जवाफमा भनिएको छ, ‘हामीबाट अदालतको निर्णय वा आदेशको जानाजान अवज्ञा गर्ने कार्य नभएको र सधैँ अदालतको सम्मान हुनुपर्ने मान्यता राख्ने जनप्रतिनिधि भएकाले न्यायपालिकाप्रति अनास्था पैदा गर्नेजस्ता काम भए गरिएको छैन ।’

अदालतले लिखित जवाफ मागेका विपक्षीले सबैले अदालतको आदेशको अवज्ञा नगरेको उल्लेख गर्दै अवहेलनासम्बन्धी निवेदन खारेज गर्न माग गरेका छन् । तत्कालीन प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संवैधानिक इजलासले २०८१ साउन २३ गते गुठी संस्थान ऐन, २०३३ अनुसार बुढानीलकण्ठ नारायण मन्दिरको सञ्चालन र व्यवस्थापन गर्ने गुठी संस्थानको अधिकारमा हस्तक्षेप गर्ने, बाधा व्यवधान खडा गर्नेलगायतका कुनै कार्य नगर्न अन्तरिम आदेश गरेको थियो ।

आदेशमा नेपालको संविधानको धारा, २९० को उपधारा, (२) को परिप्रेक्ष्यमा हेर्दा नितान्त स्थानीय कानुनमार्फत गुठी संस्थानको अधिकारमा अन्यथा गर्न मिल्ने नदेखिएको उल्लेख छ । अन्तरिम आदेशमा भनिएको छ, ‘बुढानीलकण्ठ नगरपालिका, बुढानीलकण्ठ क्षेत्र विकास समितिले चनं १४ मिति २०८०–१२–२ को पत्रमार्फत बुढानीलकण्ठ नारायण व्यवस्थापन समितिलाई चन्दा बाकस (दान पेटिका) हटाउने विषयका सम्बन्धमा गरेको पत्राचार प्रथम दृष्टिमा नै नेपालको संविधानको मर्म भावना विपरीत एवं संघीय गुठी संस्थान ऐन अनुकूल नदेखिँदा सो पत्र कार्यान्वयन नगर्नू नगराउनू ।’

नगरपालिकाले गठन गरेको बुढानीलकण्ठ क्षेत्र विकास समितिले २०८० चैत २ मा बुढानीलकण्ठ नारायण व्यवस्थापन समितिलाई बुढानीलकण्ठ मन्दिर क्षेत्रबाट चन्दा बाकस (दान पेटिका) हटाउन पत्राचार गरेको थियो । उक्त पत्र कार्यान्वयन नगर्न अदालतले भनेको छ ।

अदालतले नेपालको संविधानको मर्म तथा भावना विपरीत एवं संघीय गुठी संस्थान ऐन अनुकूल नदेखिँदा सो पत्र कार्यान्वयन नगर्नू नगराउनू र गुठी संस्थान ऐन, २०३३ अनुसार बुढानीलकण्ठ नारायण मन्दिरको सञ्चालन र व्यवस्थापन गर्ने गुठी संस्थानको अधिकारमा हस्तक्षेप गर्ने, बाधा व्यवधान खडा गर्नेलगायत कुनै कार्य नगर्नू भनेको छ ।

आदेशमा नेपालको संविधानको अनुसूची ८ मा स्थानीय तहको एकल अधिकार सूचीअन्तर्गत गुठी व्यवस्थापन विषयमा कुनै प्रावधान रहेको समेत नपाएको उल्लेख छ । बुढानीलकण्ठ नारायण मन्दिर राजगुठीको लगतमा दर्ता रही गुठी संस्थान ऐन, २०३३ अन्तर्गत रहेको र गुठी संस्थान ऐन, २०३३ बमोजिम राजगुठीको बन्दोबस्त र सञ्चालन गर्ने जिम्मेवारी गुठी संस्थानको रहेको छ । मठमन्दिरमा चढ्ने भेटी घाटीको व्यवस्था गर्ने अधिकार पनि गुठी संस्थानमा नै निहित रहेको पाइएको आदेशमा छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले स्थानीय सरकारको क्षेत्राधिकारभित्र नपर्ने भनी रोक लगाएपछि पनि क्षेत्र विकास समितिले अदालतको आदेश विपरीत काम गरिरहेको भन्दै संवैधानिक इजलासमा अदालतको अवहेलनासम्बन्धी निवेदन परेको हो । अदालतले कुनै पनि काम नगर्न आदेश दिएपछि पनि बुढानीलकण्ठ क्षेत्र विकास समितिको ब्यानर राखेर सार्वजनिक कार्यक्रम गर्ने र चन्दा बाकस राख्ने कार्यक्रम गर्दै आएको अवहेलनासम्बन्धी निवेदनमा उल्लेख छ । उक्त निवेदनमाथिको सुनुवाइपछि अदालतले नगरपालिकासँग लिखित जवाफ माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस