२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँदर बन्ध्याकरणका लागि बजेट छुट्याउन संसदीय समितिले दियो निर्देशन

अ+ अ-

काठमाडौँ । बाँदर बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्नका लागि अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । 

प्रतिनिधि सभा अन्तरगत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले विद्यमान नीतिगत तथा कानूनमा रहेका समस्या र समाधानका लागि गर्नुपर्ने आवश्यक कार्य सहितको प्रतिवेदन आगामी १५ दिनभित्र समितिमा पेश गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले देशको विभिन्न क्षेत्रमा बाँदरको कहरले कृषि बाली नष्ट गरी किसान विस्थापित नै हुनुपरेको भन्दै विद्यमान अवस्थामा बाँदरको बन्ध्याकरण कार्यक्रम सञ्चालन गरी यसको न्यूनीकरण गर्न आवश्यक रहेको निष्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको समितिका सभापति कुसुमदेवी थापाले जानकारी दिइन ।

उनले त्यसका लागि यन्त्र तथा उपकरण, जनशक्ति, आर्थिक तथा भौतिक स्रोत साधन सहितको नीतिगत तथा व्यवस्थापकीय कार्य गरी केही स्थानमा नमुनाको रूपमा आगामी आर्थिक वर्षबाट कार्य सञ्चालन गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिइएको बताइन ।

समितिको बैठकमा वन तथा वातावरण राज्यमन्त्री रुपा बिक, मन्त्रालयका सचिव डा. दीपककुमार खराल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा।गोविन्दप्रसाद शर्मा र डा. राजेन्द्रप्रसाद मिश्र, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कडेँलको उपस्थिति थियो ।

यस्तै नेपाल भेटनरी संघका महासचिव, भारतको हिमाचल प्रदेशबाट तालिम लिई आएका पशु चिकित्सक, मानव बन्यजन्तु द्वन्द्व व्यवस्थापन नेपालका शोधकर्ता, होक्काइडो नेपाल सेन्टरसँग आबद्ध व्यक्ति तथा सरोकारवाला किसान लगायत सम्बद्ध निकायका पदाधिकारीको सहभागितामा थियो ।