२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाट्टाले अन्तर्राष्ट्रिय पर्यटन मेलामा भाग लिने

अ+ अ-

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपालको पर्यटन प्रवद्र्धनका लागि आजदेखि चीनको बेइजिङमा आयोजना गरिने ‘अन्तर्राष्ट्रिय पर्यटन मेला नेपाल चाइना सेल्स मिसन–२०१८’ मा भाग लिने भएको छ ।

तीनदिने सो अन्तर्राष्ट्रिय पर्यटन मेलामा विश्वका पर्यटकीय गन्तव्यका बारेमा चर्चा हुने भएकाले नेपालको पर्यटकीय आकर्षणका बारेमा जानकारी गराई त्यहाँका टुर अपरेटर, ट्राभल एजेन्ट्स लगायतका पर्यटन व्यवसायीसँग बी टू बी छलफल गरिने नाट्टाका अध्यक्ष सिएन पाण्डेले बताए ।

नेपालका दश वटा ट्राभल तथा टुर कम्पनी, नेपाल पर्यटन बोर्डको सहभागिता रहने सो मेलामा नेपालले आफ्नो छुट्टै स्टलमार्फत नेपाली शैली, परम्परा र संस्कृति तथा समग्र नेपाल बारेमा खासगरी चिनियाँ पर्यटकको ध्यानाकर्षण गराउने नाट्टाका प्रेस संयोजक सुदर्शन नेपालले बताए ।

छिमेकी राष्ट्र चीन र भारतका पर्यटकलाई आकर्षित गर्न सके सन् २०२० सम्म १५ लाख पर्यटक आगमनको लक्ष्य सजिलै पुग्ने बताउँदै अध्यक्ष पाण्डेले नेपालको सगरमाथा र लुम्बिनीका बारेमा पर्यटन मेलामा बढी जानकारी गराइने र चीनका सीमानाका खोल्न पहल गरिने उल्लेख गरे । नाट्टाले सन् २००५ देखि चीनमा आयोजना हुने पर्यटन मेलामा भाग लिँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस