३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पिजी शुल्क २२ लाख

अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त मेडिकल कलेजको स्नातकोत्तर तह (पिजी) को शुल्क २२ लाख रुपैयाँ निर्धारण गरेको छ। आजको नागरिक दैनिकले लेखेको छ– डा. गोविन्द केसीसँग भएको सम्झौता र मन्त्रिपरिषद् निर्णय पनि ५० हजार रुपैयाँ कम हुने गरी त्रिविले यस वर्षका लागि शुल्क निर्धारण गरेको हो।

अघिल्लो वर्ष सरकारले सिफारिस गरेको शुल्कमा पढाउन नसक्ने भन्दै चिकित्साशास्त्र अध्ययन संस्थानको सिफारिस र सरकारको निर्णयविपरीत शुल्क बढाएको त्रिविले नौ लाख रुपैयाँ घटाएर शुल्क निर्धारण गरेको हो। त्रिविले अघिल्लो वर्ष पिजी शुल्क ३१ लाख रुपैयाँ निर्धारण गरेको थियो।

यस वर्ष आइओएमले सुरुमा अघिल्लो वर्षकै जति कायम राख्न सुझाव दिए पनि पछि चैत १३ को फ्याकल्टी बोर्डबाट २३ लाख निर्धारण गर्न सिफारिस गरेको थियो। तर त्रिविले आइओएमको सिफारिसपछि फेरि अर्को समिति बनाएको थियो। समितिको सिफारिसका आधारमा आइओएमले सिफारिस गरेभन्दा पनि एक लाख कम शुल्क निर्धारण गरेको थियो।

कार्यकारी परिषद्ले सम्बन्धन प्राप्त कलेजमा एमडी/एमएसको क्लिनिकल विषयमा २२ लाख, बेसिक साइन्समा १२ लाख ३७ हजार, जनस्वास्थ्यतर्फ १० लाख ९१ हजार तोकेको छ। त्रिवि आंगिक क्याम्पस महाराजगन्ज चिकित्सा क्याम्पसमा भने वार्षिक शुल्क १६ हजार, पेइङतर्फ दक्षिण एसियाली राष्ट्र ९सार्क० भित्रका विदेशीलाई ४८ हजार तीन सय २४ र सार्कबाहेक अन्य मुलुकका विद्यार्थीका लागि ५३ हजार सात सय ५० डलर तोकेको छ।

आइओएमका डिन डा। जगदीशप्रसाद अग्रवालले निर्धारित शुल्क भर्नाका समयमा ५० प्रतिशत, दोस्रो र तेस्रो किस्तामा क्रमशः दोस्रो र तेस्रो वर्षको सुरुमा २५र२५ प्रतिशत लिन पाइने बताए। उनले दुईवर्षे शैक्षिक कार्यक्रमका सन्दर्भमा पहिलो र दोस्रो वर्ष आधाआधा हुनेगरी शुल्क बुझाउनुपर्ने बताए।

यसअघि चैत १३ गतेको फ्याकल्टी बोर्डले २३ लाख निर्धारण गर्न सिफारिस गरेको थियो। अघिल्लो वर्ष विरोधका बीचमा पनि आइओएमले २७ लाख सिफारिस गरेकोमा त्रिविले पुनः अर्को समिति बनाएर ३१ लाख रुपैयाँ शुल्क तोकेको थियो।

मन्त्रिपरिषद्ले २०७२ भदौ ३१ मै पिजी शुल्क २२ लाख ५० हजार तोकेको थियो। प्रधानमन्त्री अध्यक्ष रहने चिकित्सा शिक्षा आयोगको माघ २२ को बैठकले समेत गत वर्षकै निर्णयअनुसार सिटसंख्या र शुल्क तोक्ने निर्णय गरेको थियो।

आइओएमअन्तर्गत युनिभर्सल मेडिकल भैरहवा, नेसनल मेडिकल कलेज र पिपल्स डेन्टल कलेजमा स्नातकोत्तर पढाइ हुन्छ। आइओएम फ्याकल्टी बोर्डले यस वर्षदेखि चितवन मेडिकल कलेज, नेपाली सेनाको मेडिकल कलेज, गण्डकी मेडिकल कलेज र किस्ट मेडिकल कलेजमा समेत पिजी तहको भर्नाका लागि अनुमति दिएको छ।

प्रतिक्रिया दिनुहोस