मकवानपुर । भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले मनहरी गाउँपालिका-९ हरियाली सामुदायिक जंगलबाट राक्सिराङ गाउँपालिका-१ गडुवान बस्ने ५२ वर्षीय जित बहादुर थिङलाई मंगलबार साँझ पक्राउ गरेको हो ।
थिङले अनुमतिपत्र नलिई भरुवा बन्दुक १ थान, खुकुरी १ थान, गोली जस्तो देखिने फलामको वस्तु ३३ थान, बल बेरिङ १३ थान, छर्रा २४ थान र बारुद ३ सय ५ ग्रामसहित बरामद गरिएको प्रहरीले जनाएको छ ।
थिङलाई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







