२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वित्तीय उत्तरदायित्व विधेयकमाथि दफावार छलफल हुने

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेश सभाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको छ ।

बुधवार सम्पन्न लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको छैटौँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उक्त विधेयक सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

सभाले विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको सभामुख तुलाराम घर्तीमगरले जानकारी गराएका छन् ।

सभामा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले थारु आयोगको पाँचौँ र छैटौँ वार्षिक प्रतिवेदन, मधेशी आयोगको चौथो वार्षिक प्रतिवेदन र आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदनहरू सभामा पेश गरेका छन् ।

बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सभामा उठेका सवालहरूको जवाफ दिएका थिए । उनले सामाजिक विकास मन्त्रालयमा गाभिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अख्तियारी एक हप्ताभित्र कार्यान्वयनमा आउने जानकारी दिए । महिला परिषद् गठनको बारेमा पनि कानूनी आधार निर्माण गरेर अघि बढाउने बारेमा धारणा राखेका थिए ।

प्रदेशसभा सदस्यले समसामयिक विषयमा विशेष समयमा बोल्दै विभिन्न सामाजिक, राजनीतिक तथा आर्थिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका छन् ।