काठमाडौँ । रक्त चन्दनको अवैध कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका-८ घर भएका हाल काठमाडौँ महानगरपालिका-२ पेप्सीकोला बस्ने ज्ञान बहादुर तिमल्सिना र काठमाडौँ महानगरपालिका-१४ कलंकी बस्ने ४१ वर्षका रमेश थापा रहेका छन् ।
उनीहरूले गैर कानुनी रूपमा अवैध वन पैदावार रक्त चन्दनको कारोबार गरेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आफू बस्ने डेराबाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूको साथमा लुकाई राखेको रक्त चन्दन जस्तो देखिने काठको गोलिया थान-२९ को जम्मा तौल ४३१ के.जी. प्रहरीले बरामद गरेको छ ।
हाल पक्राउ परेका दुवैमाथि कारबाही तथा आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय हात्तीसारमा पठाइएको प्रहरी जनाएको छ ।