२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियारले संस्थागत भ्रष्ट्राचार रोक्नुपर्ने

अ+ अ-

वीरगञ्ज । विकास निर्माणका कार्यालयमा हुने भ्रष्टाचारलाई संस्थागत हुन नदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय हुनुपर्ने यहाँ आयोजित एक कार्यक्रममा स्थानीय जनप्रतिनिधिले माग गरेका छन् ।

उनीहरुले राजश्व आउने अड्डा, भूमि प्रशासन, ठूल्ठूला विकास निर्माणको काममा हुने अनियमिततालाई अख्तियारले सूक्ष्म तरिकाबाट निगरानी गर्नुपर्नेमा जोड दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा संयुक्त रुपमा आइतबार आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा स्थानीयतहको भूमिका’ विषयक एकदिने विचार गोष्ठीमा सहभागी वक्ताले अख्तियारले जहिले पनि साना माछा समात्ने तथा ठूला माछा छोड्ने प्रवृत्तिका कारण माथिल्लो निकायमा भ्रष्टाचार मौलाउँदै गएकाले त्यसतर्फ पनि ध्यान जानुपर्ने माग गरेका हुन् ।

सो कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राज्यलाई भष्ट्राचारमुक्त गरी सुशासन प्रवद्र्धनमा अख्तियार अग्रसर रहेकाले यसमा सबैको सहयोग आवश्यक रहेको बताए । उनले सरकारी स्तरका विद्यालयमा हुने भ्रष्टाचार सम्बन्धमा छानबिन गर्दा आर्थिक वर्ष ०७२÷७३ मा नेपाल सरकारलाई पाँचदेखि ६ अर्ब बचत भएको स्पष्ट पारे ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेकाले जनप्रतिनिधिले जनताको काम निष्पक्ष र सेवाभावले गर्नुपर्नेमा जोड दिए ।

प्रदेश नं २ का आठ जिल्लामध्ये पर्सा, बारा, रौतहट तथा सर्लाही जिल्लाका नगरपालिका, गाउँपालिकाका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको सो गोष्ठीमा सहभागिता रहेको थियो । रासस