२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्पको वरिष्ठ एआई सल्लाहकारमा श्रीराम कृष्णन

अ+ अ-

काठमाडौँ । भारतीय मूलका प्रविधि उद्यमी श्रीराम कृष्णन ट्रम्प प्रशासनको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी वरिष्ठ नीति सल्लाहकारमा नियुक्त हुने भएका छन् । विवेक रामस्वामी, काश पटेल र जय भट्टाचार्यपछि कृष्णन ट्रम्प प्रशासनको आगामी ४ वर्षे यात्रामा महत्त्वपूर्ण राजनीतिक नियुक्ति पाउने चौथो भारतीय मूलका अमेरिकी बनेका हुन् ।

अमेरिकी प्रविधि र व्यावसायिक क्षेत्रसँगै राजनीतिक भूमिकामा पनि आफ्नो उपस्थिति र प्रभाव बढाउँदै लागेका भारतीय(अमेरिकी समुदायका लागि कृष्णनको नियुक्तिलाई थप अर्को उपलब्धि मानिएको छ । पछिल्लो समय भारतीय मूलका व्यवसायीहरूले प्रमुख अमेरिकी कम्पनीहरूसँगै अमेरिकी राजनीतिक क्षेत्रमा पनि आफ्नो उपस्थिति बढाएको देखिन्छ । कृष्णनभन्दा अघि नै ट्रम्पले भारतीय मूलका व्यवसायी विवेक रामास्वामीलाई सरकारको प्रभावकारिता बढाउने मन्त्रालयको मन्त्री बनाएका थिए । काश पटेललाई संघीय अनुसन्धान ब्युरो (एफबीआई) को निर्देशक र जय भट्टाचार्यलाई राष्ट्रिय स्वास्थ्य इन्स्टिच्युटको निर्देशकका रूपमा प्रस्ताव गरिसकेका छन् ।

यस्तै ट्रम्पको अघिल्लो कार्यकालमा संघीय सञ्चार आयोगमा महत्त्वपूर्ण भूमिका निभाएका अजित पाइ, चर्चित अधिवक्ता हरमीत ढिल्लोन र स्वास्थ्य नीतिमा दखल राख्ने सीमा बर्मालगायत भारतीय मूलका अमेरिकीहरू पनि ट्रम्पको व्हाइट हाउस फिर्तीसँगै महत्त्वपूर्ण जिम्मेवारीहरूमा फर्कने लगभग तय भएको छ । करिब ३५ करोड अमेरिकी जनसंख्याको डेढ प्रतिशत आसपास अर्थात् ५१ लाखको हाराहारीमा अमेरिकामा भारतीय मूलका अमेरिकीहरू जनसंख्या छ ।