१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय निजामती सेवा ऐन : यस्ता छन् गण्डकी प्रदेश लोक सेवा आयोगका विशेष सुझावहरू

अ+ अ-

पृष्ठभूमि
नेपालको संविधानको धारा २४४ मा प्रत्येक प्रदेशमा प्रदेश लोक सेवा आयोग रहने, प्रदेश लोक सेवा आयोगको गठन, काम कर्तव्य र अधिकार प्रदेश कानून बमोजिम हुने र संघीय संसदले कानून बनाई आधार र मापदण्ड निर्धारण गर्ने व्यवस्था भए बमोजिम संघीय संसदबाट प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) ऐन, २०७५ जारी भएको छ । सोही बमोजिम सातै प्रदेशमा प्रदेश लोक सेवा आयोग ऐन जारी भई तद्‍अनुरुप आयोग गठन भई आफ्ना कामकारवाही अगाडि बढाउँदै आएका छन् । प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेशको अन्य सरकारी सेवा, प्रदेश सङ्गठित संस्थाको सेवा, स्थानीय सरकारी सेवा तथा स्थानीय तहको सङ्गठित संस्थाको पदमा उपयुक्त उम्मेदवार छनौटमा स्वच्छता तथा निष्पक्षता कायम गरी योग्यता प्रणालीलाई प्रवर्धन गर्दै सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ र सेवामुखी बनाउन गण्डकी प्रदेश सभाबाट गण्डकी प्रदेश लोक सेवा आयोग ऐन, २०७६ जारी भई २०७७ चैत्र ११ गते प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशको गठन भई कार्य गर्दै आएको छ।

प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशको कार्यसम्पादन स्थिति
आयोगको कार्य प्रकृति अनुरुप आवश्यक भौतिक, आर्थिक एवम् जनशक्ति लगायतका स्रोत साधनहरुको अपर्याप्तताका बावजुद आयोगले लोक सेवा आयोगले अपनाएको अभ्यास, विधि, सिद्धान्त तथा मापदण्ड अवलम्वन गर्दै ४ वर्षको अवधिमा प्रदेश तथा स्थानीय तहमा तेस्रो तहदेखि एघारौं तहसम्म खुला तथा समावेशीतर्फ २९३३ जना उम्मेद्‍वारहरु नियुक्तिका लागि सिफारिस गरिसकेको छ भने बढुवातर्फ ४७९ जना बढुवा नियुक्तिका लागि सिफारिस भइसकेका छन् । आयोगले संस्थागत एवम् कार्यगत सुदृढीकरणका लागि पञ्चवर्षीय रणनीतिक योजनाको तर्जुमा गरी कार्यान्वयनमा जुटिरहेको छ। उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई सार्वजनिक सेवाप्रति आकर्षण बढाउन स्थलगत रूपमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, नियुक्तिका लागि सिफारिस भएका उम्मेद्‍वारलाई अभिमुखीकरण गर्ने, स्थानीय तहका पदाधिकारी र प्रदेशका कार्यालय प्रमुखहरुसँग पदपूर्तिका विषयमा अन्तरक्रिया गर्ने जस्ता कार्यहरु समेत गर्दै आइरहेको छ ।

कर्मचारीको सेवा शर्त सम्बन्धी कानून निर्माण तथा संशोधन, कर्मचारीलाई दिइने विभागीय सजाय जस्ता विषयमा राय परामर्श माग भइ आएको अवस्थामा आयोगले नेपालको संविधान एवम् प्रचलित कानून बमोजिम आफ्नो स्पष्ट धारणासहित राय परामर्श प्रदान गर्दै आइरहेको छ । तथापि, कतिपय स्थानीय तहबाट आफ्नो अधिकार क्षेत्र वाहिर गई कानून विपरीत कर्मचारीहरु स्थायी गर्ने, तहवृद्धि/स्तरवृद्धि गर्ने जस्ता प्रवृतिले योग्यता प्रणालीलाई नकरात्मक प्रभाव पर्न जाने हुँदा आयोगको परामर्श लिनुपर्ने बाध्यकारी विषयमा परामर्श बिना गरिएका त्यस्ता कार्यहरु आयोगले बदर समेत गर्ने गरेको छ ।

लोक सेवा आयोगहरूको अभ्यास एवम् सहकार्य
प्रदेश लोक सेवा आयोगहरू गठन भएको करिब ४/५ वर्षको अवधिमा एकअर्काको कार्य अनुभव तथा सिकाइको आदान-प्रदान गर्ने र समस्याहरूको निराकरणको लागि सबै प्रदेश लोक सेवा आयोगका पदाधिकारीहरू सम्मिलित हालसम्म बागमती,कोशी,कर्णाली र गण्डकी प्रदेशमा ४ वटा सम्मेलनहरू गरी घोषणापत्र जारी गर्ने गरिएका थिए  । साथै लोक सेवा आयोगको आयोजनामा सबै लोक सेवा आयोगहरू सम्मिलित राष्ट्रिय सम्मेलनमा लोक सेवा आयोगको असल अभ्यास, विधि, सिद्धान्त र मापदण्डका विषयमा छलफल र अनुभव आदान-प्रदान गर्दै घोषणापत्रहरू जारी हुँदै आएका छन् र ती घोषणापत्रहरूमा संघीय निजामती सेवा ऐन यथाशीघ्र जारी हुनुपर्ने र त्यसरी जारी हुँदा समावेश हुनुपर्ने विषयहरू प्रमुख रुपमा उठान गर्ने गरिएको छ।

नेपालको प्रशासनिक संघीयताको आधारशिलाको रूपमा रहेको संघीय निजामती सेवा ऐन संविधान जारी भएको ९ वर्ष अवधि व्यतित भइसक्दा पनि जारी हुन नसक्दा प्रदेश तथा स्थानीय तहहरूमा कर्मचारी व्यवस्थापन तथा सेवा प्रवाह गर्ने सन्दर्भमा विभिन्न चुनौती तथा कठिनाईहरू देखा परेका छन् । आयोगहरुको वार्षिक सम्मेलनहरुबाट जारी भएका घोषणापत्र समेतका आधारमा संघीय निजामती सेवा ऐनमा समावेश हुनपर्ने भनी उठाइएका विषयहरुका सम्बन्धमा मुख्य रुपमा देहायका सुझावहरू प्रस्तुत गरिएको छ।

१‍‍. प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति सम्बन्धमा
प्रस्तावित संघीय निजामती सेवा विधेयकमा १० वर्षसम्मका लागि प्रदेशको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघीय निजामती सेवाका कर्मचारीबाट खटाउने गरी प्रस्ताव गरिएको विषय नेपालको संविधान, संघीयताको मूल मर्म र भावना एवम् कर्मचारी समायोजन ऐन, २०७५ को दफा १० र दफा ११ मा भएको प्रदेश सचिव तथा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा प्रदेश तथा स्थानीय तहको कानून नबनेसम्मका लागि संघीय निजामती सेवाको कर्मचारी खटाउने र कानून बनेपछि सोही सेवाको हुने भन्ने स्पष्ट व्यवस्थाको प्रतिकूल हुने, प्रशासनिक संघीयताको मूल्य मान्यता विपरीत हुनुका साथै हालसम्म समायोजन भएका तथा लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई नियुक्त भएका प्रदेश तथा स्थानीय तहका कर्मचारीहरूको वृत्ति विकासको अवसरमा नकारात्मक प्रभाव पर्ने, पदसोपान समेत नमिल्ने र प्रदेश तथा स्थानीय तहप्रति जिम्मेवारी, जवाफदेहिता तथा उत्तरदायित्व बहन नहुने भएकाले प्रदेश निजामती सेवा/स्थानीय सरकारी सेवाबाट प्रदेश सचिव/प्रमुख प्रशासकीय अधिकृत हुने गरी व्यवस्था गर्नुपर्ने।

प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत सरुवा भई आएको र गएको स्वयम् प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय/स्थानीय सरकार प्रमुख/अध्यक्षलाई जानकारी नहुने, प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृतको पदपूर्तिको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय/मन्त्री/सचिव/सह-सचिव/उपसचिव/शाखा अधिकृतको कार्यकक्षमा नेतृत्व धाउनुपर्ने अवस्था, स्थानीय तहमा हाल करिब २0० भन्दा बढी प्रमुख प्रशासकीय अधिकृत र केही प्रदेशहरुमा सचिव पदपूर्ति हुन नसकी रिक्त रहेको कुरा सञ्चार माध्यममा आएको हुँदा यस्ता बिकृतिको न्युनिकरणको लागि प्रदेश निजामती सेवा/स्थानीय सरकारी सेवाबाट प्रदेश सचिव/प्रमुख प्रशासकीय अधिकृत हुने गरी संघीय निजामति सेवा ऐनमा राख्नुपर्ने।

२. समायोजन भएका र प्रदेश लोकसेवाबाट नियुक्ति कर्मचारीहरूको सेवा सुविधा सम्बन्धमा
कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम प्रदेश निजामती सेवा र स्थानीय सेवामा समायोजन भएका कर्मचारीहरू र स्तरवृद्धि वा बढुवा भएका कर्मचारीहरू सेवा निवृत्त हुँदा राष्ट्रिय किताबखाना(निजामती) ले त्यस्ता कर्मचारीको विवरण पहिचान नगर्ने र उनीहरू सेवा प्रवेश गर्दाको बखतको सेवा शर्त बमोजिम पाउने निवृत्तिभरण, उपदान, औषधिउपचार र विदा लगायतका सुविधाहरूका सम्बन्धमा अन्यौलता भएको कारणले समायोजन भएका र लोक सेवा आयोग तथा प्रदेश लोक सेवा आयोगहरूबाट प्रदेश र स्थानीय तहमा सिफारिस भई नियुक्त भएका कर्मचारीहरूको निवृत्तिभरण, उपदान, औषधिउपचार र विदा लगायतका सुविधाको सुनिश्चितता हुनुपर्ने।

३. समान तहको पदमा प्रतिष्पर्धा गर्न नहुने सम्बन्धमा
संघ, प्रदेश र स्थानीय सेवामा कार्यरत कर्मचारीहरू समान तहको पदमा प्रतिष्पर्धात्मक परीक्षामा सहभागी हुँदा लोक सेवा आयोगहरूको पदपूर्तिको प्रक्रियामा स्रोत, साधन र समय दोहोरो खर्च हुने र सम्बन्धित पद छिटो रिक्त हुन गई कार्यालयको सेवा प्रवाहमा अवरोध समेत हुन गएकोले समान तहको पदको प्रतिष्पर्धात्मक परीक्षामा सहभागी हुन नपाउने व्यवस्था गर्नुपर्ने।

४. समावेशी अवसरमा पुनः समावेशी समूहबाट उम्मेदवार हुन नपाउने सम्बन्धमा
प्रचलित कानून बमोजिम समावेशी समूहतर्फ छुट्याइएका पदमा सम्बन्धित लक्षित वर्गका व्यक्तिले अवसर नपाई उक्त समूहमा हुने खाने वर्गले  बढी अवसर प्राप्त गर्ने गरेको हुँदा सम्बन्धित लक्षित वर्गसम्म समावेशिताको पहुँच पुग्ने गरी संघ, प्रदेश तथा स्थानीय तहको पदमा एक पटक समावेशी समूहबाट सिफारिस भई नियुक्त भएका कर्मचारीले कुनैपनि तहको पदको प्रतिष्पर्धामा पुनः समावेशी समूहबाट उम्मेदवार हुन नपाउने व्यवस्था गर्नुपर्ने।

५. अन्तरतह प्रतिष्पर्धा बिषय थप स्पष्ट गर्ने सम्बन्धमा
संघ, प्रदेश र स्थानीय तहको सेवामा कार्यरत कर्मचारीहरू तोकिएको अन्तरतह प्रतिष्पर्धात्मक प्रक्रियाद्वारा चाहेको तहको सेवामा जानसक्ने अवसर सृजना गर्न सकिएमा कर्मचारीमा एक-अर्को तहको अनुभवको उपयोग हुने, वृत्ति विकासको दायरा फराकिलो हुने, अन्तरतहका कर्मचारी बीच सद्‌भाव अभिवृद्धि हुनुका साथै समग्र राष्ट्र निर्माणमा सहयोग पुग्न गई संविधानले परिकल्पना गरेको सहकारिता, समन्वय र सह-अस्तित्व कायम गराउन समेत सघाउ पुग्ने भएकाले अन्तरतह प्रतिष्पर्धात्मक परीक्षाको व्यवस्था सम्बन्धित तहको कर्मचारी बाहेकले मात्र अर्को तहमा प्रतिष्पर्धा गर्न पाउने गरी अन्तरतह वृत्तिविकासको अवसरको सम्बोधन हुनुपर्ने।

६. सेवा शर्त सम्बन्धी कानूनमा एकरुपता कायम गर्ने सम्बन्धमा
नेपालको संविधानको अनुसूची ६ को क्रमसंख्या (५) मा प्रदेश निजामती सेवा र अन्य सरकारी सेवा उल्लेख भएको, धारा २२७ मा गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालय सम्बन्धी अन्य व्यवस्था प्रदेश कानून बमोजिम हुने भन्ने व्यवस्था रहेको तथा अनुसूची ८ को क्रमसंख्या (५) मा स्थानीय सेवाको व्यवस्थापन उल्लेख रहेकोबाट स्थानीय सेवाको गठन तथा सञ्‍चालन प्रदेश कानून बमोजिम हुनुपर्ने देखिन्छ। यसरी प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको गठन, सञ्चालन तथा सेवा शर्त सम्बन्धी कानून निर्माण गर्दा आधारभुत सिद्धान्त तथा मापदण्डको अवलम्वन गर्नुपर्ने व्यवस्था ऐनमा स्पष्ट उल्लेख हुनुपर्ने ।

७‍. अध्ययन तथा छात्रवृतिको अवसर न्यायपूर्ण वितरण गर्ने सम्बन्धमा
प्रदेश र स्थानीय तहका कर्मचारीहरूको मनोबल र उत्प्रेरणा थप अभिवृद्धि हुने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन तथा छात्रवृतिको अवसर न्यायपूर्ण वितरण हुने व्यवस्था गर्नुपर्ने ।

प्रतिक्रिया दिनुहोस