१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आध्यात्मिक सुख नै वास्तविक सुख

अ+ अ-

काठमाडौ । भौतिक विकासले मात्र शान्ति समृद्धिको सपना पूरा नहुने भएकाले सुखप्राप्तिका लागि आध्यात्मिक अभ्यास गराउनुपर्नेमा जोड दिइएको छ ।

विश्वशान्ति तथा अध्यात्म विकास समाज अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर र नागरिक समाज नीति तथा प्रशिक्षण विभागले शनिबार संयुक्तरुपमा आयोजना गरेको पत्रकार भीमसेन सापकोटाको ‘सुख सुत्र’ पुस्तक विमोचन समारोहमा वक्ताले मानिस सुखी नभई समृद्धि प्राप्त हुन नसक्ने विचार व्यक्त गरे ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मानसिक शान्ति स्थापना गर्ने अभियन्तालाई देशभर खटाउन सम्बन्धित सरकारी अधिकारीलाई अनुरोध गर्ने प्रतिबद्धता जनाए ।

आध्यात्मिक अभियन्ता चिन्तामणि योगीले नेपालमा सुख भए पनि सुविधा नभएको बताए ।

कार्यक्रममा वाल्मीकि विद्यापिठका सहप्राध्यापक श्रीराम सापकोटा, पत्रकार स्वागत नेपाल, अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल, च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, रक्षा नेपाली, अध्यक्ष मेनुका थापा, साहित्यकार युवराज नयाँघरे, नागरिक समाजका निगम हुमागाईं र विदुरप्रसाद सापकोटाले मानिस आफूले आफैँलाई नचिनेर दुुःखी हुने गरेको धारणा राखे ।

एक दशकअघिदेखि अष्ट्रेलियामा रहेर पत्रकारिता र साहित्य सिर्जनका साथै आध्यात्मिक अभियानमा सक्रिय सापकोटा, आचार्य राजन शर्माको नामबाट समेत परिचित छन् ।

उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको उपाध्यक्ष छन् । सापकोटाले १८ देशका २५ शहरमा योग, ध्यानलगायत आध्यात्मिक अभ्यास गराइरहेको सो अवसरमा जानकारी गराए । रासस

प्रतिक्रिया दिनुहोस