काठमाडौँ । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले शनिबारका लागि तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ ।
आज रातो आलुको औसत मूल्य प्रतिकेजी ५७.६७ रुपैयाँ रहेको छ । प्याज सुकेको ७१ रुपैयाँ ०० पैसा, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला हाइब्रीड ४५रुपैयाँ प्रति केजी रहेको छ ।
यस्तै, स्थानीय काउली ६५ रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, लौका ९५ रुपैयाँ, भिण्डी १४५ रुपैयाँ र ठूलो गोलभेँडा भारतीय ६७ रुपैयाँ प्रति केजी तोकिएको छ ।










