२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र चीनबीच रेल सेवा सञ्चालनको तीव्र प्रतीक्षामा छौँ : झलनाथ खनाल

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित झलनाथ खनालले चीनले आधुनिक विज्ञान र प्रविधिमा आधारित नवप्रवर्तनलाई निरन्तरको सुधार र खुलापनको केन्द्रमा राखेको बताएका छन् ।

चीनको ग्वाङ्झाउमा आयोजित अन्डरस्टान्डिङ चाइना कन्फरेन्सको आठौँ श्रृंखलाको प्लेनरि सेसनमा बोल्दै चीनले शिक्षा, दिगो विकास र प्राविधिक प्रगतिलाई अघि बढाएर चीनले नवप्रवर्तनमा आफूलाई विश्वको सर्वोत्कृष्ट मुलुकको रूपमा आफ्नो स्थिति सुदृढ गदै लगेको बताए ।

उनले बीआरआईले मात्र १० वर्षको अवधिमा १५० भन्दा बढी देशहरूसँग ३००० भन्दा बढी सम्झौताहरू गरेको भन्दै एक ट्रिलियन डलर भन्दा बढी लगानीमार्फत विभिन्न देशहरू र क्षेत्रहरूको विश्वव्यापी आर्थिक एकीकरणलाई प्रवर्द्धन गरिरहेको बताए ।

चीनको नेतृत्वमा अगाडि बढेको नयाँ विकास बैंक, एशियन पूर्वाधार लगानी बैंक, सांघाई सहयोग संगठन र बीआरआई जस्ता संगठनहरूले ग्लोबल साउथलाई व्यापक रूपमा सुदृढ गरिरहेको बताए ।

उनले सन् २०१९ मा राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका प्रतिबद्धताहरूलाई स्मरण गरे ।

उनले भने, ‘सीले भ्रमणका क्रममा भन्नुभएको थियो अब चीन र नेपालको विचमा ट्रान्स-हिमालयन कनेक्टिभिटी निर्माण गर्नु पर्दछ, ट्रान्स-रेलवे कनेक्टिभिटी विकास गर्नु पर्दछ र नेपाललाई एक भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकको रूपमा रूपान्तरण गर्नु पर्दछ। राष्ट्रपति सी जिङपिङको यो एउटा दूरगामी, गहिरो र महत्त्वपूर्ण प्रतिबद्धता थियो। यदि नेपाल र चीनबीच रेल सेवा सुचारु गर्न सकियो भने, यी दुई विशाल जनसङ्ख्या भएका क्षेत्रहरू बीचको आपसी कनेक्टिभिटी गुणात्मक विकास ल्याउने र विकासको पहलकदमीले विश्व अर्थतन्त्रमा समेत महत्त्वपूर्ण प्रभाव पार्ने कुरामा कुनै शंका छैन। तसर्थ, हामी समस्त नेपालीहरू यो विराट सम्भावना कहिले यथार्थमा परिणत हुन्छ भनेर तिव्र प्रतीक्षा गरिरहेका छौँ ।’