३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मन्त्रालयका कर्मचारीको जिम्मेवारी हेरफेर

अ+ अ-

काठमाडौँ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. गुणराज लोहनी नियुक्त भएका छन् ।

स्वास्थ्यराज्यमन्त्री पद्माकुमारी अर्यालले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक लोहनीलाई केही समयदेखि खाली रहेको विभागको महानिर्देशक पदमा नियुक्त गर्नुभएको स्वास्थ्य मन्त्रालयका उपसचिव बाबुराम खनालले जानकारी दिए ।

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा बाह्रौँ तहका कर्मचारी नियुक्त गर्नुपर्ने प्रावधान भएपनि लोहनी एघारौँ तहका कर्मचारी रहेका छन्। स्वास्थ्य मन्त्रालयको बाहौँ तहमा हाल प्रमुख विशेषज्ञ डा. सुवास प्याकुरेल मात्र छन् भने बाह्रौँ तहको तीन पद खालीे छ ।

त्यसैगरी मन्त्रालयको नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखामा महेन्द्र श्रेष्ठलाई ल्याइएको छ भने यो जिम्मेवारी हेरिररहेका डा. श्रीकृष्ण गिरीलाई बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ । श्रेष्ठ यसअघि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख थिए ।

स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठलाई वीर अस्पतालमा सरुवा गर्दै अनुगमन तथा मूल्यांकन महाशाखामा व्यवस्थापन महाशाखाका प्रमुख डा दीपेन्द्ररमण सिंहलाई जिम्मेवारी दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अनुगमन महाशाखामा व्यवस्थापन महाशाखाका डा भीमसिंह टिंकरीलाई, व्यवस्थापन महाशाखाको जिम्मेवारी डा विकास देवकोटालाई, परिवार स्वास्थ्य महाशाखामा डा तारा पोखरेललाई ल्याइएको छ ।

यसैगरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा डा केदार सेञ्चुरीलाई ल्याइएको छ । यसको जिम्मेवारी लिइरहनुभएका डा भीम आचार्यले अवकाश पाएपछि वीर अस्पतालमा कार्यरत सेञ्चुरीलाई राज्यमन्त्री अर्यालले सो जिम्मेवारी दिनुभएको उपसचिव खनालले जानकारी दिए  ।

प्रतिक्रिया दिनुहोस