२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवालाई विकास र समृद्धिमा लगाउनुपर्ने विश्वकर्मा मन्त्री

अ+ अ-

काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मुलुकको विकास र समृद्धिमा युवालाई परिचालन गर्न सरकारले तयारी गरेको बताए ।

राष्ट्रिय युवा परिषद्, नेपालले आज आयोजना गरेको ‘राष्ट्रिय युवा नीति, युथभिजन र युवा परिषद्का कार्यक्रमका बारेमा स्थानीय तहका पदाधिकारीसँगको’ अन्तक्र्रियामा उनले राष्ट्रका लागि चाहिने युवा विदेश पलायन भइरहेकाले तिनलाई रोकी समृद्धि र विकासमा लगाउने बताए ।

‘‘देश अब विकास र समृद्धिको बाटोमा लागेको छ’ उनले भने ‘दैनिक सयौं दक्ष युवा जनशक्ति विदेश पलायन भइरहेकाले तिनलाई रोकी राष्ट्रको हितमा लगाउनु पर्दछ । उनले युवालाई स्थानीय तहमा नै स्वरोजगार बनाउने योजना रहेको जानकारी गराए ।

मन्त्री विश्वकर्माले सरकारले खेलकुद क्षेत्रको विकास लागि केन्द्रमा अत्याधुनिक रंगशाला, सातवटै प्रदेशमा रंगशाला बनाउन तयारी समेत गरेको जानकारी गराए । स्थानीय तहले पनि वडास्तरमा खेलमैदान बनाउनुपर्ने उनको आग्रह थियो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवालाई आत्मनिर्भर बनाउनका लागि परिषद्लाई स्थानीय तहसम्म विस्तार गरिने बताए ।

उनले सातवटै प्रदेशमा युवा सिर्जनशील केन्द्र स्थापना गरी युवामा भएको सीप र क्षमतालाई सदुपयोग गरिने बताए ।

युवालाई युवा स्वरोजगार कोषका उपाध्यक्ष प्रेमप्रसाद दंगालले युवालाई स्वरोजगार बनाउका लागि प्रादेशिकस्तरमा कोषको संरचना बनाएर स्थानीय तहसम्म पुग्ने प्रयास भइरहेको जानकारी गराए।

कार्यक्रममा अछामस्थित तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मा, खोटाङस्थित खोटहाङ गाउँपालिकाका उपाध्यक्ष कविता राईले युवाको क्षमताका आधारमा योजना बनाई लागू गर्नुपर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस