यातायात कार्यालयमा प्रहरी छापाः नौ जना विचौलिया पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यातायात कार्यालयमा प्रहरी छापाः नौ जना विचौलिया पक्राउ


१६ चैत्र २०७४, शुक्रबार


काठमाडौं । यातायात व्यवस्था कार्यालय सतुंगलबाट नौ जना बिचौलिया पक्राउ गरिएको छ। सेवाग्राहीलाई दुःख दिएको भन्ने गुनासोपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुले कार्यालयको बागमती मोटरसाइकल शाखाका कर्मचारीसँग मिलेर सेवाग्राहीलाई दुःख दिने गरेको गुनासो सेवाग्राहीको छ महानगरीय प्रहरी परिसर काठमाडौंले भनेको छ –सेवाग्राहीबाट धेरै गुनासा आएपछि विचौलियालाई पक्राउ गरिएको हो ।

विचौलियाहरुले विभिन्न सेवाको लागि आएका सेवाग्राहीलाई छिटो छरितो काम गरिदिने भनी रकम मागगर्दै हैरानी बनाउने, बीच बाटोमै रोकेर कार्यालयमा सिधा सम्पर्क हुन बाट रोक्ने र सरकारी दस्तुरभन्दा बढी रुपैयाँ असुल्ने गरेको खुलेको छ ।

पक्राउ परेकालाई सार्वजानिक ऐन अन्तरर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस