२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किस्ताबन्दीमा उद्योगले बुझाउन थाले महसुल

अ+ अ-

काठमाडौँ । विद्युत् महसुल भुक्तानी नभएको भन्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन काटिदिएको लुम्बिनी प्रदेशका २३ वटा उद्योगमध्ये छ वटा उद्योगले किस्ताबन्दीमा महसुल बुझाउन थालेका छन् ।

बुटवलस्थित नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका अनुसार, विद्युत् महसुल बुझाउन थाल्नेमा बुटवलको दुई वटा जेबी टेक्सटायल, भैरहवाको बिनायक स्पात प्रा.लि. रुपन्देहीको नयाँमिलस्थित नवनेपाल प्लाष्टिक इण्डष्ट्रिज र शुभ लक्ष्मी पोलिमर्श र नवलपरासीको सर्वोत्तम सिमेन्ट रहेका छन् ।

डेडिकेटेड तथा ट्रंकलाइन विवादमा परी लामो समयदेखि विद्युत् महसुल भुक्तानी नगरेको भन्दै गत बिहीबार नेपाल विद्युत् प्राधिकरणले मुलुकभरि ३४ वटा उद्योगको लाइन काटिदिएको थियो । जसमध्ये सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा रहेका २३ वटा उद्योग थिए ।

गत बिहीबार विद्युत् लाइन काट्नु भन्दाअघि लुम्बिनी प्रदेशमा रहेका अर्घाखाँचीमा पर्ने शुभ श्री अग्नी सिमेन्ट, नेपालगञ्जको सम्राट् सिमेन्ट, रुपन्देहीको नयाँमिलस्थित नेशनल रबर इण्डष्ट्रिज, एजी हेल्थ इण्डष्ट्रिज र बुटवलको नारायण रबर उद्योगले किस्ताबन्दीमा महसुल बुझाउन मञ्जुर भइ बुझाउन थालेकाले लाइन काटिनबाट जोगिएका थिए ।

प्राधिकरणका लुम्बिनी प्रदेश कार्यालय प्रमुख हरि प्रसाद पाण्डेले किस्ताबन्दीमा महसुल बुझाउन थालेपछि ती उद्योगको लाइन जोडेर उद्योग सुचारु भएको बताए ।