२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लैंगीककता र लक्षित वर्गसँग सम्बन्धित सेवालाई भौगोलिक सूचना प्रणालीमा आबद्ध गराउँछौँ : उपप्रमुख डंगोल

अ+ अ-

काठमाडौँ । लैंगीकता र लक्षित वर्गसँग सम्बन्धित सेवाहरूलाई भौगोलिक सूचना प्रणालीमा आबद्ध गराउने कार्यक्रम थालनी गर्ने काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बताएकी छिन् ।

कार्तिक ६ गतेदेखि ८ गतेसम्म थाइल्याण्डको वैंकीङकमा यूएन वुमनले आयोजना गरेको दोस्रो एसिया प्यासिफिक केयर फोरममा भाग लिएर स्वदेश फर्किएपछि अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा फोरमपछिको योजनाका विषयमा उनले यस्तो प्रतिक्रिया दिएकी हुन् । उनलाई प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले र उपप्रमुखको सचिवालयका प्रमुख सौरभ गौतमले स्वागत गरेका थिए ।

अहिले उपलब्ध भएका पूर्वाधार र सेवा सम्बन्धी आधारभूत तथ्यांक नक्सांकन भएपछि लैंगीकमैत्री सहरी योजना तर्जुमा गर्न र थालिएका कार्यक्रमलाई सुधार गर्न, थप गर्न वा व्यवस्थापन गर्न सजिलो हुने उनको भनाइ छ ।  बुधवारको प्यानलमा कुराकानी गर्दै उनले ‘स्तनपान कक्ष, महिलाका लागि छुट्टै शौचालय, शिशु स्याहार कक्ष, लिंगका आधारमा हुने हिंसा न्यूनीकरणलगायत विषयमा धारणा राख्दै महानगरपालिकाले यसका लागि नीतिगत र संस्थागत प्रबन्ध गरिसकेको बताइन् । ‘केयरिङ् सिटिज’ शीर्षकको प्यानलिष्टका रूपमा बोल्दै उनले पेसा र व्यवसायमा आबद्ध महिलाहरूको शिशुको केयर, खानपान, औषधि उपचार गर्नु पर्ने ज्येष्ठ नागरिक भएका घरमा त्यस्ता ज्येष्ठ नागरिकको केयर, एउटै भवनमा सेवाका विविधीकरणका फाइदाका विषयमा धारणा राखेकी थिइन् । उनले उदाहरण दिँदै भनिन् ‘सिनेमा घरसँगै शिशु स्याहार केन्द्र भयो भने आमाहरूलाई निर्धक्क सिनेमा हेर्न मिल्छ ।’

अहिलेसम्म चलेका कार्यक्रममा रूपान्तरणको खाँचो देखाउँदै उनले भनिन्, ‘मातृशिशु कार्यक्रम लामो समयदेखि चलिरहेको छ । अहिले शिशु स्याहारमा पुरुषहरू पनि सहभागी हुनुहुन्छ । रातको समयमा शिशु स्नेहका लागि काम गर्नुहुन्छ । उहाँहरूलाई पनि त तालिम दिनुपर्छ नि । अब हामी यसतर्फ कार्यक्रम सोच्छौँ ।’  

केयर (हेरचाह) र महिलाहरूको आर्थिक सशक्तीकरणलाई आगामी दिनमा सहरी योजनामा कसरी सशक्त बनाउने सकिन्छ ?, नीति, योजना, कार्यक्रम र लगानीका कोणबाट साझा बुझाइ निर्माणमा लक्षित थिए । यस्तै ‘केयर इकोनोमी’ का सफल र असल अभ्यासहरूको आदानप्रदान भएका थिए । महिला सशक्तीकरणको एसिया प्यासिफिक क्षेत्रमा विद्यमान सोचको पुस्तान्तरण, यसको रूपान्तरणमा महिलाहरूको आर्थिक सशक्तीकरण, रूपान्तरणका लागि निजी तथा सामुदायिक संघसंस्थाहरुको दायित्व, लगानी र भूमिका, केयर  इकोनोमी (हेरचाह अर्थतन्त्र) देखि केयर सिस्टम (हेरचाह प्रणाली) सम्मको चक्रमा केयर इन्टरप्रेनरसिप (हेरचाह उद्यमशीलता) का विषयलाई फोरममा महत्वका साथ उठाइएको छ ।

प्रतिक्रिया दिनुहोस