२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुस्तक अभाव भए मन्त्रीले कारबाही गर्ने

अ+ अ-

मोरङ । पुस्तकको अभाव हुन नदिनका लागि १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले निजी क्षेत्रका प्रकाशन गृहमा पुगेर पुस्तकको अवस्थाको बारेमा जानकारी लिएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले हरेक वर्ष जस्तो पुस्तक अभावको समस्या आउन नदिन मन्त्रालयस्तरबाट पहल शुरु भएको जानकारी दिए । ‘गत वर्षको जस्तो समस्या आउने अवस्था छैन, उनले भने, निजी क्षेत्रका मुद्रण व्यवसायीले अभाव गराउने उद्देश्य राख्छन् भने उनीहरुको लाइसेन्सको विषयमा सोच्नुपर्छ ।

मन्त्री घिमिरेले निजी तथा जनक शिक्षा सामग्री केन्द्र सबैले पुस्तकको अभाव हुन नदिने भन्दै प्रतिबद्धता जनाएकाले यदी कसैले पुस्तक हुँदाहुँदै पनि पुस्तक छैन भन्छ भने कारबाहीको दायरामा ल्याउने चेतावनी दिए ।

यता जनक शिक्षा सामाग्री केन्द्रले १ नम्बर प्रदेशका पहाडी जिल्लामा ९५ प्रतिशत पुस्तक पु¥याइसकेको दाबी गरेको छ । केन्द्रका प्रमुख ज्ञाननाथ चिमरियाले यो वर्ष १ नम्बर प्रदेशमा पाठ्यपुस्तक अभाव नहुने जानकारी दिए । उनले यो वर्ष पाठ्यपुस्तक अभाव हुन नदिनका लागि जनक शिक्षा सामग्री केन्द्रले आफ्नो कामलाई तिब्र पारेको बताए । बैशाख ७ गतेसम्ममा सबै विद्यालयमा पुस्तक पु¥याउने गरी काम भइरहेको चिमरियाले जानकारी दिए ।

प्रदेश नम्बर १ का जिल्लामा २५ लाख ६८ हजार पुस्तक आवस्यक रहेकोमा २१ लाख ६ हजार ८६२ पुस्तक आइसकेको र अधिकांश पुस्तक वितरण भइरहेको चिमरियाको भनाई छ ।

मागको आधारमा जनक शिक्षा सामग्री केन्द्रमार्फत डिलरहरुमा जानुपर्ने पुस्तकमा अब ४ लाख ६१ हजार ५८८ पुस्तक आवश्यक रहेको छ । कक्षा १ देखि ५ सम्मका जिम्मेवारी पाएको निजी मुद्रण कम्पनीहरुले १४ वटै जिल्लामा पुस्तक पुगिसकेको जनाएको छ । फ्ल्यास रिपोर्टका आधारमा सबै पुस्तक नजाने भएकोले ४० प्रतिशत मात्र पुस्तक विद्यालयले लग्ने अन्य पुस्तक नजाने गरेको नेपाल मुद्रण ब्यवसायी संघले जनाएको छ ।

संघका मोरङ अध्यक्ष लभकुमार घिमिरेले एकलाख २७ हजार ८ सय पुस्तक फ्ल्यास रिपोर्टमा माग भएकोमा ११ हजार ७ सय १० सेट पुस्तक मात्र बिक्री भएको जानकारी दिए । उनका अनुसार, ‘अहिलेसम्मको अवस्थालाई हेर्दा फ्लास रिपोर्टको आधारमा कुनै पनि विद्यालयले शतप्रतिशत पुस्तक लग्दैनन् ।’

मागको आधारमा करिब ४० प्रतिशत मात्र पुस्तक सम्बन्धित विद्यालयमा पुग्ने गरेका छन् । अहिले पुस्तक छपाईको काम निजी प्रकाशन गृहले अधिकांश सिध्याएको जानकारी दिएको छ । पर्याप्त पुस्तक छपाई भएकोले पुस्तक अभाव हुनै नसक्ने घिमिरेको दाबी छ ।

प्रतिक्रिया दिनुहोस