२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सप्तरीबाट १३ सडक आश्रितको उद्धार

अ+ अ-

राजविराज (सप्तरी) । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको पाँचौँ दिन सप्तरीबाट शुक्रबार १३ जनाको उद्धार गरिएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । सोही क्रममा मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत राजविराज नगरपालिका– ७ बाट चार, वडा नं ६  बाट तीन  र  वडा नं १ बाट ए गरी आठ जना र त्यस्तै सप्तकोशी नगरपालिका–१ बाट पाँच गरी १३ जनाको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए। 

उद्धार गरिएका ११ पुरुष र दुई महिलालाई शुक्रबार नै मानव सेवा आश्रम सर्लाही सेवा केन्द्रमा पठाइएको छ । यसअघि मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धार टोलीलाई सप्तरीको राजविराजमा स्वागत गरिएको थियो ।

राष्ट्रिय उद्धार यात्राको टोली तथा स्थानीय जनप्रतिनिधिहरूले शुक्रबार राजविराजमा संयुक्त रूपमा सचेतनामूलक र्‍याली प्रदर्शनसहित राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरी नगरपालिकाको प्राङ्गणमा अभियानको उद्देश्यबारे जानकारी गराइएको थियो । 

उक्त अवसरमा आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक आनी छोइङ डोल्मा, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविन, सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धान आयोग सप्तरीका प्रमुख अनुसन्धान उपनिर्देशक सुरेन्द्र कोइराला, जसपाकी केन्द्रीय सदस्य रमिलादेवी साहलगायत उपस्थित थिए ।    

राष्ट्रिय उद्धार यात्रीहरूले कोशी प्रदेशमा ४३ को उद्धार गरेका छन् । जसमध्ये झापाबाट १२ जना, सुनसरीबाट १२ मोरङबाट चार र उदयपुरबाट १६ को उद्धार गरिएको हो । उद्धार हुनेहरूमा नौ महिला र ३५ पुरुष छन् । उद्धार भएकामध्ये १० जनालाई मानव सेवा आश्रम झापा सेवा केन्द्रमा र ३० जनालाई मानव सेवा आश्रम विराटनगर सेवा केन्द्रमा पठाइएको छ । एक जनालाई थप उपचारका लागि मानव सेवा आश्रम मुख्य सेवा केन्द्र हेटौँडा पठाइएको छ ।

गत असोज २६ गते विजयादशमीका दिन प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले यात्राको समुद्घाटन गर्दै यात्रीहरूलाई बिदाइ गरेका थिए । ३२ दिने मेची महाकाली राष्ट्रिय उद्धार यात्रा कात्तिक २७ गतेसम्म चल्नेछ । झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा आरम्भ भएको थियो ।

उद्धार टोली आज लहान र जनकपुरधाम क्षेत्रमा बेवारिसे अवस्थामा रहेका मानवहरूको उद्धारमा रहने जनाइएको छ ।