१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति

अ+ अ-

बेलबारी । अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार रु ३४ करोड ४५ लाख ८५ हजार मूल्य बराबरको अन्न बालीमा क्षति पुगेको हो ।

वर्षाका कारण सबैभन्दा बढी धान बालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा यस वर्ष दुई लाख ७५ हजार दुई सय ६७ दशमलव ९८ हेक्टर जमिनमा धान रोपाइ भएको थियो, जसमध्ये पाँच हजार सात सय २२ दशमलव ७८ हेक्टर जमिनमा रु १७ करोड ६१ लाख ७५ हजार मूल्य बराबरको क्षति पुगेको खाद्य सुरक्षा तथा अनुगमन महाशाखा कोशी प्रदेशकी प्रमुख डा.दीपा दियालीले बताइन् ।

प्रदेशमा सबैभन्दा धेरै खोटाङमा तीन हजार सात सय ३९ दशमलव तीन हेक्टर धान बालीमा क्षति पुगेको उनले जानकारी दिइन् । 

यसैगरी सुनसरीमा आठ सय २४ हेक्टर, उदयपुरमा तीन सय ९८ दशमलव ७८ हेक्टर, झापामा दुई सय ८७ हेक्टर, मोरङमा दुई सय ४४ हेक्टर, भोजपुरमा एक सय १३ हेक्टर, तेह्रथुममा ३४ दशमलव ७५ हेक्टर र सोलुखुम्बुमा ११ दशमलव दुई हेक्टर जमिनमा क्षति पुगेको उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशले जनाएको छ ।

तरकारीतर्फ चार सय १४ दशमलव ८० हेक्टर जमिनमा रु ११ करोड १८ लाख ७८ हजार मूल्य बराबरको क्षति भएको छ । आठ सय ७९ दशमलव ७५ हेक्टर जमिनमा लगाइएको रु एक करोड ६२ लाख चार हजार, दुई हजार तीन सय ५७ दशमलव ५० हेक्टर जमिनमा लगाइएको कोदो रु तीन करोड ७१ लाख मूल्य बराबरको क्षति भएको छ ।

यसैगरी १० दशमलव ५० हेक्टर जमिनमा रु २७ लाख ७३ हजार मूल्य बराबरको फलफूल र ५८ दशमलव ६० हेक्टर जमिनमा रु ४८ लाख १२ हजार मूल्य बराबरको दलहन बालीमा क्षति भएको मन्त्रालयले जनाएको छ ।

हरिनगरमा मात्रै २४ करोड २७ लाखको क्षति

यस्तै सुनसरीको हरिनगर गाउँपालिकामा मात्रै रु २४ करोड २७ लाख बराबरको धनमाल क्षति भएको छ ।

बाढीले हरिनगर गाउँपालिकाका विभिन्न क्षेत्रमा गरेर सो परिमाणमा क्षति भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कले जनाएको छ ।

गाउँपालिका क्षेत्रमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषिलगायत गरेर रु २४ करोड २७ लाख बराबरको क्षति भएको हो । हरिनगरमा बाढीले सात वटा विद्यालयमा आंशिक क्षति हुँदा रु एक करोड ५० लाख बराबरको क्षति भएको छ ।

यसैगरी छवटा पुल तथा सडक आंशिक रूपमा क्षति हुँदा रु दुई करोड ५० लाख बराबरको क्षति भएको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले जानकारी दिए ।

यसैगरी नौ सय बिघा अन्न बाली पूर्ण रूपले र एक हजार छ बिघामा लगाइएको अन्नबाली आंशिक रूपले क्षति हुँदा रु १० करोड बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैगरी ४० बिघा जमिन पूर्ण रूपले र ५५ बिघा जमिन आंशिक रूपले क्षति हुँदा रु १० करोड बराबरको क्षति भएको छ । यसैगरी तीन वटा हेल्थ पोष्टमा रु २० लाखभन्दा बढीको क्षति भएको छ ।

बाढीका कारण क्षति भएका भौतिक संरचनाको मर्मतसम्भार कार्य प्रारम्भ भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस