१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनप्रतिनिधि किन विदेश पलायन हुन्छन् ?

अ+ अ-

रोजगारीको खोजीमा प्रत्येक वर्ष वैदेशिक रोजगारीमा जाने लाइनमा युवाहरुमात्रै छैनन्, जनताबाट चुनिएका जनप्रतिनिधिहरू समेत कोही वैदेशिक रोजगारीमा गएका छन् भने कोही उतै पलायन भएका छन् । किन गई रहेका छन् स्थानीय सरकारका प्रतिनिधि धमाधम विदेश ?

काठमाडौँ । गाउँका समस्या समाधान गर्छु र गाउँको विकास गर्छु भन्दै जनतासँग भोट मागेका जनप्रतिनिधिहरू आफै विदेश पलायन हुन थालेका छन् । आफ्नै पालिकालाईसमेत जानकारी नगराई कोही वडाध्यक्ष डिभी परेर अमेरिका गए भने कोही कमाउनका लागि इपिएस पास गरेर कोरिया गए ।

जनताको घरदैलोको सरकार मानिने स्थानीय सरकारका प्रतिनिधि नै धमाधम विदेश पलायन भई रहँदा सेवा प्रवाहमा त असर परेको छ, नै राज्यका लागि थप व्ययभारसमेत बढिरहेको छ । 

२०७९ सालको निर्वाचनमा कार्यालय सहयोगीदेखि सिधै वडाध्यक्षमा निर्वाचित भएपछि, दाङ राप्ती गाउँपालिका–५ का चन्द्रबहादुर गुरुङको चर्चा चुलियो । जनताले रुचाएपछि उनलाई अत्यधिक मत दिएर कार्यालय सहयोगीबाट एकैचोटी वडाध्यक्षको भूमिकामा पुर्‍याई दिए । तर, जनप्रतिनिधि बनेपछि चन्द्रले कार्यकाल भने पूरा गरेनन् ।

आर्थिक समस्या देखाउँदै कार्यकाल सम्हालेको तीन वर्ष पनि नपुग्दै वडाध्यक्ष गुरुङ रोजगारीका लागि बिदेसिए । २०७९ सालको चुनावमा लागेको ऋण तिर्न भन्दै उनी गत साउनमा वैदेशिक रोजगारीमा गए । उनी निकटका अनुसार चुनावको बेला लागेको ऋण तिर्न भनेर उनी मौसमी भिसामा युके पुगेका हुन् ।

वडाध्यक्ष गुरुङले १७ साउन २०८० मा  पालिकालाई पत्र लेख्दै आफू विशेष कामले ‘बाहिर’ गएकाले वडा सदस्य चम्पा पुनलाई कार्यवाहक अध्यक्ष जिम्मेवारी दिन भन्दै पत्र लेखेका थिए । तर उनले गाउँपालिलाई आफू वैदेशिक रोजगारीमा गएको औपचारिक जानकारी भने दिएका छैनन् ।

वडाध्यक्ष गुरुङको परिवार स्रोतका अनुसार घरायसी ऋण बढेपछि उनी बेलायत गएका हुन् । उनीहरूका अनुसार स्थानीय तहको चुनावी खर्च, बिरामी आमालाई उपचार गर्दा ऋण लागेको थियो । त्यो ऋण बढेर ५० लाखको हाराहारी पुग्न थालेपछि उनी ऋण तिर्न भनेर विदेश गएका हुन् । वडाध्यक्ष नै विदेश हिँडेपछि अहिले वडा सदस्य चम्फा पुनले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हालिरहेकी छन् । नागरिकको लागि केही नयाँ काम गर्छु भनेर जनतालाई आशा देखाएर चुनिएका प्रतिनिधि नै यसरी विदेश जाँदा नागरिकमा निराशा छाएको छ ।

बिदेसिएको ११ महिनापछि मात्र वडाध्यक्षले दिए राजीनामा
ताप्लेजुङको सिरिजंघा गाउँपालिका-३ सिकैंचाका वडाध्यक्ष दिलप्रसाद जोखिम पनि ११ महिनादेखि विदेशमै छन् । ०७९ सालको चुनावमा काँग्रेसबाट निर्वाचित वडाध्यक्ष जोखिम कार्यकाल सम्हालेको अढाई वर्षमै हङकङ हान्निए । वडाध्यक्ष बोखिमले हङकङ जानु अघि गाउँपालिकालाई औपचारिक रूपमा जानकारी समेत नगराएको गाउँपालिका उपाध्यक्ष डा. चित्रकुमार माबो बताउँछन् । 

विगत ११ महिनादेखि हङकङमा रहेका बोखिमले केही समय अघि मात्र पदबाट राजीनामा दिएको उपाध्यक्ष डा. चित्रकुमार माबोले प्रशासनलाई बताए । वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै उनले राजीनामा दिएको माबोले जानकारी दिए । 

विसं २०८० कात्तिक २४ गतेदेखि वडामा अनुपस्थित उनले जनताको सेवा गर्न नसकेकामा दुःख व्यक्त गर्दै आफ्नो जिम्मेवारी कार्यवाहक वडाध्यक्षलाई सुम्पिएको राजीनामा पत्रमा उल्लेख गरेको जिल्ला निर्वाचन आयोगले जनाएको छ । 

हालै स्थानीयले वडाध्यक्ष बोखिमको अनुपस्थितिका कारण विकास र प्रशासनिक काममा बाधा उत्पन्न भएको भन्दै निजमाथि कारबाहीको माग गर्दै गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानलाई ज्ञापन पत्र बुझाएका थिए । त्यस लगत्तै वडाध्यक्ष बोखिमले गाउँपालिकाका अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै उनले यही असोज १८ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । 

अहिले बोखिमको ठाउँमा वडा सदस्य अम्बि साउदेनले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हालेकी छिन् ।

२०७४ मा निर्वाचित प्रतिनिधि पनि विदेश पलायन
स्थानीय तह निर्वाचन २०७४ मा निर्वाचित प्रतिनिधि पनि विदेश पलायन भएका छन् । २०७४ सालमा चुनावमा उपमेयरमा निर्वाचित कालीकोट तिलागुफा नगरपालिकाकी दन्ता नेपाली (दर्शना) पनि आफ्नो कार्यकाल बाँकी छँदै अमेरिका पलायन भइन् ।  २०७६ कात्तिकमा एउटा कार्यक्रममा भाग लिन अमेरिका पुगेकी उनी नेपाल नफर्की उतै लुकेर बसेकी छिन् । पूरा कार्यकालभर नेपाल नफर्किएकी उनी अहिले अमेरिकाको न्युयोर्कमा छिन् । 

यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका-८ का वडाध्यक्ष जगतमान घिसिङ डिभी परेर अमेरिका गएका थिए । वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर २०७५ चैत २७ गते उनी अमेरिका गएका हुन् । करिब १ वर्ष मात्र जनताको सेवामा आफ्नो समय खर्चेर उनी विदेशिएका हुन् । राजीनामा नदिई उनी बिदेसिँदा वडाबाट गरिने काममा समस्या भएको थियो ।

सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिका-५ का वडाध्यक्ष बमबहादुर घले पनि विदेश पलायन भएका छन् । उनी कामका लागि इपिएस पास गरेर कोरिया गएका हुन । उनी कोरिया गएसँगै वडाका कतिपय काम अड्किएका थिए । उनी पनि राजीनामा नै नदिई पैसा कमाउने उद्देश्यले बिदेसिँदा वडाका कतिपय काममा समस्या त भएको थियो नै यसले गर्दा अन्यौलता समेत सिर्जना भएको थियो । 

के भन्छ, पालिका संघ ?
नेपाल गाउँपालिका संघकी सचिव तथा सिन्धुलीको फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवार भने कतिपय जनताको अपेक्षा अनुसार काम गर्न नसक्दा जनप्रतिनिधिहरू विदेश पलायनको बाटो रोजेको बताउँछिन् । केही व्यक्तिगत कारणले विदेश पलायन भएको उनको भनाइ छ । 

‘चुनाव अघि जनतालाई धेरै सपनाहरू देखाइएको हुन्छ । निर्वाचित भइसकेपछि सोचे अनुसार काम हुन सक्दैनन्, उनी प्रशासनसँग भन्छिन्, ‘जनता समक्ष गरेको वाचा पूरा गर्न नसक्दा जनप्रतिनिधि बिदेसिन्छन्, यो गैर जिम्मेवार हो ।’ 

यस्तै धेरै जसो प्रतिनिधिहरू आफ्नो पदीय दायित्व पुरा नगरी विदेश जाँदा राज्यको सम्पत्ति खर्च हुने उनले बताइन् । जनप्रतिनिधिहरू आफ्नै ठाउँमा बसेर काम गर्नुपर्छ भनेर जनतालाई सिकाउने ठाउँमा आफै बिदेसिनु गैर जिम्मेवार भएको सुनुवारले बताइन् । यस विषयमा सम्बन्धित निकायले बेलैमा सोच्नुपर्ने उनको भनाई छ ।

यता राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष तथा स्थानीय विज्ञ बालानन्द पौडेल भने केही जनप्रतिनिधिहरू मात्रै विदेश पलाएन भएको बताउँछन् । ‘धेरै होइन, कहीँ कतै जनप्रतिनिधिहरू वैदेशिक रोजगारीमा गएका घटनाहरू छन् । तर यो संख्या कम छ’, उनले भने । त्यसैले यो कुरालाई अपवादका रूपमा लिनुपर्ने उनी बताउँछन् । 

वडाध्यक्षको हकमा राजीनामा गरेमा, मृत्यु भएमा वा जिसस प्रमुखमा निर्वाचित भएको खण्डमा मात्रै सो पद खालि हुने कानुनी व्यवस्था रहेको छ । यो बाहेकको अवस्थामा सो पद रिक्त भएको मानिँदैन । र, यस्तो अवस्थामा सरकारले जानकारी गराएमा मात्रै सो क्षेत्रमा उपचुनाव गराउन सकिने निर्वाचन आयोगले जनाएको छ ।  

उपचुनाव गर्दै निर्वाचन आयोग
निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको निर्वाचन मङ्सिर १६ गते गर्दै छ । आयोगले असोज १० देखि १६ गतेसम्म दल दर्ताका लागि निवेदन आह्वान गरेको थियो । 

आउँदो मङ्सिर १६ गते हुने पालिका उपचुनावका लागि २५ वटा दल दर्ता भएका छन् । असोज १० देखि १६ गतेसम्म दिइएको समय अवधिमा प्राप्त २६ निवेदनमध्ये २५ वटा दल दर्ता भएको आयोगले जनाएको छ ।

अब मङ्सिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । मङ्सिर ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । मङ्सिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

निर्वाचन आयोगका अनुसार जिल्ला समन्वय समिति प्रमुख दुई, मेयर र उपमेयर एक/एक, अध्यक्ष दुई, उपाध्यक्ष तीन र वडाध्यक्षमा ३० वटा पद खाली छन् ।

प्रतिक्रिया दिनुहोस