६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गरीब, दलित, अल्पसंख्यक र पिछडिएका महिलालाई जीविकोपार्जनका लागि २० लाख

अ+ अ-

गौशाला । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलियाका गरीब, दलित, अल्पसंख्यक र पिछडिएका महिलाको जीविकोपार्जनका लागि एक संस्थाले आज २० लाख प्रदान गरेको छ ।

नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा नेपाल ग्रामीण पुनःनिर्माण संस्थाद्वारा सञ्चालित सामुदायिक विकास कार्यक्रमको आर्थिक सहयोगमा भटौलियाका २० वटा नागरिक सचेतना केन्द्रका सदस्यलाई जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत प्रत्येक समूहलाई एक लाखको दरले २० वटा समूहलाई २० लाख प्रदान गरिएको हो ।

संस्थाले आज आयोजना गरेको रकम हस्तान्तरण कार्यक्रममा एकडारा गाउँपालिकाका अध्यक्ष रामछविला साहले २० वटै समूहका महिला सदस्यलाई घुम्ती कोषका रुपमा २० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

भटौलियामा संस्थाकै सहयोगमा सञ्चालन गरिएको ५२ हप्ते रिफ्लेक्ट कक्षामा सहभागी भएका स्थानीय २० वटै नागरिक सचेतना केन्द्रका महिलाले आफैँले छलफल र निर्णयबमोजिम खोलिएका सानातिना खुद्रा पसल, हाट बजारमा गर्ने पसल, होटल, पशुपालन, हाँस कुखुरा पालन, सिलाइ बुनाइ, कृषिलगायतका व्यवसाय गर्दै आएकामा जीविकोपार्जनका लागि उनीहरुलाई २० लाख प्रदान गरिएको हो ।

प्रत्येक समूहले प्राप्त गरेको रकम आफ्नो समूहभित्रका सदस्यमा एक निश्चित तोकिएको अवधिपछि हस्तान्तरण गर्दै जाने र त्यसमा सानो आकारको ब्याजसहित उपलब्ध गराउने व्यवस्था छ ।

यसरी गरीब, दलित, अल्पसंख्यक र पिछडिएका महिलाले संस्थालाई नफर्काउने गरी आफ्नो जीविकोपार्जनका लागि संस्थाबाट २० लाख घुम्ती कोषका रुपमा पाएर निकै खुशी भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस