१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनप्रतिनिधिको बैठक भत्ताले विद्यालयमा अक्षयकोष

अ+ अ-

तनहुँ । ऋषिङ गाउँपालिकाका जनप्रतिनिधीले बैठक भत्ताबापत एक महिनाको रकम अक्षयकोष स्थापनामा खर्च गर्ने भएका छन् । 

गाउँपालिकाभित्रका  ११ माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्न उनीहरूले बैठक भत्ताबापतको रकम खर्च गर्न लागेका हुन् । अक्षयकोषबाट प्राप्त ब्याजबाट बर्सेनि गरिब, जेहेन्दार, विपन्न र अशक्त विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ । 

चालु आर्थिक वर्षको साउनदेखि उक्त प्रक्रिया अघि बढाइसकिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए। उनका अनुसार गाउँपालिकामा कुल ४४ जनप्रतिनिधि छन् । 

जनप्रतिनिधिले एक महिनामा प्राप्त गर्ने सेवा सुविधा सहयोग गर्दा अक्षयकोषमा रु. आठ लाख संकलन हुने प्रवक्ता दरैले बताए। जनप्रतिनिधिको बाँकी तीन वर्षे कार्यकालसम्म यसलाई निरन्तरता दिने गरी योजना अघि बढाइएको हो । 

गाउँपालिकाको १६औँ अधिवेशनमा प्रस्तावित नीति तथा कार्यक्रमबाट उक्त प्रस्ताव पारित गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाटले जानकारी दिए। उनका अनुसार जनप्रतिनिधिले पाउने वर्षको एक महिनाको सेवा सुविधा बापतको रकम तीन वर्षसम्म निरन्तरता दिँदा रु. २४ लाख बराबरको अक्षयकोष स्थापना हुनेछ । 

विद्यालयमा अक्षयकोष स्थापना गर्न कार्यविधि बनाइसकिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए। उनका अनुसार साउन महिनाबाट लागू हुने गरी प्रक्रिया अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस