२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेवा प्रवाहमा सुधार ल्याउन सिंहदरवारभित्र कर्मचारीलाई सेयर कारोबार रोक लगाइँदै

अ+ अ-

काठमाडौँ । नागरिकले सहज रूपमा सेवा पाउन नसकिरहेको गुनासो जताततै व्याप्त रहँदा यता कर्मचारी भने सेयर कारोबारमा अलमलिने गरेको गुनासोसँगै कार्यालय समयमा कर्मचारीलाई सेयर कारोबारमा रोक लगाइने भएको छ । सिंहदरवारभित्र कर्मचारीलाई सेयर कारोबारमा निरुत्साहन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रोक लगाउने तयारी थालेको हो ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारभित्रका कर्मचारी कार्यालय समयमा सेयर कारोबारमा व्यस्त भएकोले सेवामा अवरोध भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीसँगै कर्मचारीहरूलाई कार्यालय समयमा सेयर कारोबार गर्न रोक लगाउन परिपत्र जारी भएको एक सचिवले प्रशासनलाई जानकारी दिए ।

उजुरीपछि अख्तियारको टिमले सिंहदरवारमा गरेको छड्के अनुसन्धानका क्रममा विभिन्न मन्त्रालयका कर्मचारीहरू सेयर कारोबार गरिरहेको भेटिएपछि सिंहदरवारभित्रै कारोबार हुँदा सेवामा असर पारेको निष्कर्षसँगै प्रधानमन्त्री कार्यालयलाई पत्र लेखी पठाइएको अख्तियार स्रोतले जानकारी दियो ।

सिंहदरवार मात्रै नभई उपत्यकालगायत देशका अन्य भागका कार्यालयहरुमासमेत कयौँ सरकारी कर्मचारीहरू कार्यालय समयमा नै सेयर कारोबार हुने गरेको देखिएको छ । कर्मचारी सेयर कारोबारमा व्यस्त हुँदा सार्वजनिक सेवामा असर पर्ने त छँदै छ सरकारी स्रोत साधन समेत व्यक्तिगत प्रयोजनमा दुरुपयोग हुने गरेकोले यसलाई तत्काल रोक्न जरुरी रहेका अधिकारीहरूले बताएका छन् ।