काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले करार सेवामा १५ जना लेखा अधिकृत मागेको छ।
त्रिवि कर्मचारी प्रशासन महाशाखा, पदपूर्ति समितिले त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण निकायहरूमा लेखापरीक्षण र बेरुजु फर्छ्यौट तथा सम्परीक्षण सम्पन्न गर्नका लागि करारमा १५ जना लेखा अधिकृत माग गरेको हो।
समितिले महालेखापरीक्षकको कार्यालयबाट अवकाश प्राप्त ६३ वर्ष उमेर ननाघेका मध्येबाट १५ जना लेखाधिकृत पदमा करार सेवामा बढीमा एक वर्षका लागि माग गरेको छ।
योग्यता पुगेका इच्छुकले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कर्मचारी प्रशासन महाशाखा, कीर्तिपुरमा आइपुग्ने गरी आवेदन दिन समितिले आग्रह गरेको छ।