२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवा कर्मचारीले थाले दाइजो अन्त्य गर्ने अभियान

अ+ अ-

बारा । पराम्परागत कुसंस्कारलाई चुनौती दिँदै मंगलबार बाराको करैयामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आमाद चौधरीले विनादाइजो बिहे गरेका छन् ।

उनको बिहेका लागि तयार पारिएको ब्यानरमा दुल्हन ही दहेज हे लेखिएको थियो । बारागढी घर भएका आमादले सोही स्थानकी सरिता चौधरीसँग बिहे गरेका हुन् ।

दाइजो नलिने अडान
तराइ–मधेस क्षेत्रमा मधेसी समुदायमा विवाह गर्दा केटा पक्षले किटान गरी केटी पक्षसँग नगद र जिन्सी दाइजो माग्ने प्रचलन रहेको छ । बेहुली पक्षले पनि सोही प्रचलनलाई निरन्तरता दिँदै आमादलाई दाइजोवाफत के लिने भनेर सोधेका थिए । तर, उनले दाइजो लिन मानेनन् । दाइजोमा केही जिन्सी नलिने भनेपछि केटी पक्ष आश्चर्यमा परेको बेहुली सरिता चौधरीले बताइन् । मेरो परिवारलाई केही नदिँदा हाम्रो बेइज्जत हुन्छ भन्ने जस्तै लागेको थियो । सरिताले भनन्,ि तर दिन्छु भन्दा पनि लिन मान्नुभएन ।

संसार २१ औँ शताब्दीमा हिँडिरहेको बेला १८औं शताब्दीका कुसंस्कृति तथा नीति–नियम अन्त्य गर्नुपर्ने सन्देश दिन दाइजोविना नै बिहे गरेको आमादले बताए ।

करैयामाइ गाउँपालिका बारामा प्रमुख प्रशासकीय पदमा कार्यरत रहँदा मैले गापाको आर्थिक २०७४/०७५ को नीति तथा कार्यक्रममा समेत दाइजो प्रथा र बालविवाहलाई न्यूनीकरण गर्ने नीति राखे । जनप्रतिनिधिज्यूलाई समेत दाइजो र बालविवाहविरुद्धको अभियान सफल पार्न आफैबाट सुरुवात गर्नुपर्छ भनेर उत्साहित गर्ने गरेको छु –आमादले भने ।

स्थानीय चन्देश्वर चौधरीले आमादको कदमको प्रशंसा गरेका छन् । बेहुला पक्षबाट दाइजो नलिने र बेहुली पक्षले पनि दाइजो नदिने भन्ने समझदारीअनुशसार बिहे भएको उनले वताए । हाम्रो समाजमो दाइजोका कारण धेरै घटना घटेकै छन् । तसर्थ यस जोडीलाई उदाहरण मान्दै अब सबैले भन्नुपर्छ कि दाइजो प्रथा होइन, यो एक कुप्रथा हो । यो एक सभ्य समाजका लागि बाधक तत्व हो उनले भने । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस