२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखापरीक्षणलाई सहयोग पुग्ने सूचना तथा जानकारी उपलब्ध गराइदिन महालेखापरीक्षकको कार्यालयकाे अनुरोध

अ+ अ-

काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षणलाई सहयोग पुग्ने सूचना, जानकारी, विवरण, प्रमाण वा कुनै सिकायत भएमा लेखापरीक्षण टोलीलाई उपलब्ध गराई दिनु हुन अनुरोध गरेको छ । विभिन्न जिल्लामा लेखापरीक्षण टोलीबाट लेखापरीक्षण कार्य सञ्चालन भइरहेकोले लेखापरीक्षणलाई सहयोग पुग्ने सूचना तथा जानकारी उपलब्ध गराइदिन कार्यालयले अनुरोध गरेको हो ।

वार्षिक लेखापरीक्षण योजना अनुसार प्रथम चरणमा २०८१ भदौदेखि असोजसम्म हिमाली, पहाडी र तराईका विभिन्न जिल्लाहरूमा स्थलगत लेखापरीक्षण टोलीबाट लेखापरीक्षण कार्य सञ्चालन भइरहेको उप–महालेखापरीक्षक विन्दु विष्टले जानकारी दिइन् । उनका अनुसार प्रथम चरणमा ४२ जिल्लाका कार्यालयहरूमा लेखापरीक्षण हुँदै छ । पर्वत, रसुवा, रुकुम (पश्चिम भाग), रुकुम (पूर्वी भाग), हुम्ला, डडेलधुरा, बर्दिया, अछाम, दार्चुला, म्याग्दी, अर्घाखाँची, धादिङ, ओखलढुङ्गा, पाँचथर, कालिकोट, प्युठान, खोटाङ, बझाङमा लेखापरीक्षण हुँदै छ । 

यसै गरी रोल्पा, गुल्मी, जाजरकोट, जुम्ला, डोल्पा, बाजुरा, बैतडी, भोजपुर, मनाङ, महोत्तरी, ताप्लेजुङ, तेह्रथुम, मुगु, मुस्ताङ, सर्लाही, सोलुखुम्बु, लमजुङ, संखुवासभा, सिन्धुपाल्चोक, स्याङ्जा, नुवाकोट, धनकुटामा पनि लेखापरीक्षण हुँदै छ । रामेछापका (प्रदेश तथा स्थानीय तह)का कार्यालयमा पनि लेखापरीक्षण हुने छ ।

महालेखापरीक्षकको कार्यालयबाट प्रत्येक जिल्लामा खटिइने संयुक्त लेखापरीक्षण टोलीबाट वित्तीय र परिपालनाको लेखापरीक्षण अन्तर्गत स्रोत साधनको प्राप्त उपयोग तथा सोबाट प्राप्त उपलब्धिको परीक्षण मूल्याङ्कन गर्ने कार्य हुन्छ । लेखापरीक्षणमा स्वतन्त्रता, निष्पक्षता, वस्तुपरकता कायम गर्दै आचारसंहिताको पालना गरेर लेखापरीक्षण विधि र प्रतिवेदन व्यवस्थामा नियमित सुधार कार्य अवलम्बन गरिएकोले सो सन्दर्भमा सरकारी कार्यालयको आर्थिक काम कारबाही तथा लेखापरीक्षणको टोलीको कार्यको सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा महालेखापरीक्षकको कार्यालयको टोल फ्री नम्बर १८१०५००००६१ रेकर्ड गराउनुहुन कार्यालयले अनुरोध गरेको छ ।