काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई पूर्णता दिन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । ०६१ बाट सुरु भएको शान्ति प्रक्रियाको सुरुवात ढिलै भए पनि टुंगोमा पुगेको भन्दै उनले यो पूर्णताले राजनीतिक यात्रालाई अझै फराकिलो बनाएको उल्लेख गरे ।
बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यसअघि भएको जटिल र पेचिलो सेना समायोजन र हतियार व्यवस्थापन पनि विना जटिलता भएको उल्लेख गर्दै हतियार व्यवस्थापन माओवादीलाई घाटा गराएर भए पनि आफूले देशलाई दुर्घटनाबाट बचाएको उल्लेख गरे ।
हतियार व्यवस्थापनकै कारण माओवादी पार्टी फुटेको बताए । उनले नेपालको शान्ति प्रक्रिया अर्ग्यानिक भएको भन्दै अरू देशको नक्कल नभएको बताए ।







