काठमाडौं । घोडाघोडी नगरपालिका कैलालीका मेयर ममता प्रसाद चोधरीमाथि गोली प्रहार भएको छ ।
उनलाई सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको हो ।
उनको स्थानीय अस्पतालमा उपचार भइरहेको र अन्यत्र लैजाने तयारी भइरहेको अधिकारीले बताएका छन् ।
१४/१५ जनाको समूहमा आएका व्यक्तिहरुले मेयर सापसंग काम छ भनेर बाहिर बोलाई टाउकोमा खुकुरी प्रहार गर्नुका साथै कम्मरमुनी गोलीको छर्रा समेत लागेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रहरी प्रमुख माधव प्रसाद नेपालका अनुशार उनलाई थप उपचारका लागि कोहलपुर रिफर गरिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत विहिबार मात्रै एक १८ वर्षिया किशोरी राधा चौधरीमाथि बोक्सिको आरोपमा भएको कुटपिटपछि मुकदर्शक बनेको तथा प्रहरीद्धारा पक्राउ गरिएका आरोपित रामबहादुर चौधरीलाई छुटाउन गएपछि मेयर चौधरी एकाएक विबादमा आएका थिए ।