२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले गर्‍यो प्रदेश अध्यक्षहरूको घटुवा (सूचीसहित)

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले प्रदेश अध्यक्षहरूको हैसियत घटुवा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको अन्तरपार्टी निर्देशिका-१० मा प्रदेश अध्यक्षहरूको पदीय हैसियत पदेन केन्द्रीय सदस्य मात्र उल्लेख गरिएको छ ।

यसअघि प्रदेश अध्यक्ष अध्यक्षहरूको हैसियत पोलिटब्यूरो सरह हुने व्यवस्था थियो । कार्यकारी भूमिका हुने र पोलिटब्यूरो सदस्यको मान्यता पाइने हुँदा प्रदेश अध्यक्षमा आकर्षण देखिएको थियो ।

पार्टीमा पोलिटब्युरोकै हैसियतमा रहेका गुलाबजंग शाहले कर्णाली अध्यक्षमा उम्मेदवारी दिँदै जितेका थिए । केन्द्रीय कमिटीमा रहेका अरू नेताहरूले पनि प्रदेश अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।

अध्यक्ष ओलीको निर्देशन विपरीत प्यानल बनाएर प्रदेश नेतृत्व लिन चुनाव भएको थियो । आफ्नो निर्देशन नमानेपछि ओलीले प्रदेश अध्यक्षको हैसियत झुक्किएर पोलिटब्यूरो हुन गएको बताएका थिए ।

आज जारी अपानिबाट भने प्रदेश अध्यक्षहरूको हैसियत केन्द्रीय कमिटी सदस्यभित्र राखिएको छैन । ३५६ सदस्यीय केन्द्रीय कमिटी सदस्यभन्दा पछाडि पदेन सदस्यहरूको सूची तयार पारेर प्रदेश अध्यक्षहरूको नाम समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस