काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर गोपाल काफ्लेको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका काफ्लेको सोमबार बिहान १० बजे हेम्स अस्पतालमा निधन भएको हो ।
राष्ट्र बैंकमा डेपुटी गभर्नरको रूपमा उनले पाँच वर्ष जिम्मेवारी सम्हालेका थिए। पाँच वर्ष कार्यकाल सकेर ०७२ मा काफ्ले राष्ट्र बैंकबाट बाहिरका थिए ।







