काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले मंगलबार बजेट पास गर्यो, तर नीति तथा कार्यक्रम आएन । उपकुलपति प्रा. डा. केशरजंग बरालले दोस्रो सत्रमा नीति तथा कार्यक्रम पेस गर्न खोजेका थिए । तर कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रोके ।
त्यसपछि नीति कार्यक्रम विना नै बजेट पास भयो । त्रिवि सभामा पेस हुन नपाएको नीति तथा कार्यक्रममा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझाव अनुसार विश्वविद्यालय पुनर्संरचना गर्ने प्रस्ताव गरिएको छ ।
उपकुलपति बरालले आयोगको सुझाव अनुसार विश्वविद्यालयको पुनर्संरचना गर्ने नीति लिएका छन् । त्यही अनुसार केन्द्रीय विभाग र विभिन्न स्वायत्त स्कुलको रूपमा पुनःसंरचना गर्न र अनुसन्धान केन्द्रलाई सम्बन्धित स्कुलमा गाभ्ने लगायत प्रस्ताव कार्यक्रममा ल्याइएको छ ।
पूर्णपाठ :