२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी चुनाव एक्लै लड्ने निर्णय गरेको छ । शुक्रबारदेखि केन्द्रीय मुख्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकले आगामी २०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको  प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

पाँच दिनसम्म चलेको बैठक समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्लै चुनाव लड्ने निष्कर्ष सुनाएका हुन् । सरकारबाट हट्नुपर्ने परिस्थितले एक्लै चुनाव लड्ने तयारी गर्न अवसर समेत मिलेको ‘प्रचण्डले बताएका छन् ।

‘आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने गरी तयारी गर्नुपर्छ, जसले गर्दा हाम्रा विचारहरू, हाम्रा राजनीतिक कार्यदिशाहरू, हाम्रा दृष्टिकोणहरू जनतामा सोझै पुग्न सकियोस्’, बैठकको निर्णय जानकारी दिँदै प्रवक्ता सापकोटाले भने ।

यसअघि चुनावी गठबन्धन गर्दा पार्टीको विचार र सिद्धान्तहरू जनतामा लैजान अप्ठ्यारो परेको उनले बताए । तर एक्लै चुनाव लड्दा पार्टीको कुरा जनतामा राख्न सकिने अवसर मिल्ने निष्कर्ष समेत बैठकले निकालेको छ । ‘हामीले के निष्कर्ष निकालेका छौँ भने यो जनतामा जाने सुवर्ण अवसर पनि हो’, सापकोटाले भने ।

बैठकले वामपन्थी सहकार्य र एकताको पहलकदमी पनि नछोड्ने पनि निर्णय गरेको छ । ‘देशभक्त र अग्रगामीहरूको संयुक्त मोर्चा पनि बनाउनुपर्छ, साथसाथै कम्युनिष्ट पार्टीको पुनर्गठनका निम्ति निरन्तर निरन्तर गरिरहनुपर्छ’, उनले भने ।