धनगढी । टीकापुर घटनाका अभियुक्त रेमश चौधरीलाई काठमाडौंस्थित सेन्ट्रल जेल पठाएको छ ।
पुर्पक्षका लागि थुनामा रहेका कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी सपथ गराउनु पर्ने माग राख्दै ७ दिनदेखि आमरण अनसनमा बसेका थिए ।
कारागारमै बेहोस भएपछि उपचारका लागि सेती अञ्चल अस्पताल भर्ना गरिएका चौधरीले उपचार गर्न नमानेपछि काठमाडौं रिफर गरिएको प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।