काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुईदिने नेपाल भ्रमणको क्रममा सोमबार दिउँसो काठमाडौं आइपुगेका छन् । उनी बिशेष बिमानबाट ३२ सदस्यीय टोलीसहित नेपाल आएका हुन् ।
ओलीले सोमबार नै अब्बासीको सम्मानमा होटल याक एन्ड यतीमा रात्रिभोज दिने कार्यक्रम छ । सोही क्रममा दुईपक्षीय हितका विषयमा छलफल हुने र यसबारे सबै तयारी पूरा भइसकेको प्रधानमन्त्री प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले बताएका छन्।
अब्बासीले मंगलबार स्वदेश फर्कनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।