२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिर्गाला फेर्न ‘नक्कली’ नाता

अ+ अ-

भक्तपुर । मिर्गौला प्रत्यारोपण गर्न नक्कली नाता प्रमाणपत्र बनाउने प्रवृत्ति बढेको छ। मिर्गौलादाता बिरामीका आफन्त हुनुपर्ने प्रावधान लत्याउँदै नक्कली नाता प्रमाणपत्र बनाउनेको संख्या बढेको हो।

भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नेफ्रोलोजी विभाग प्रमुख मिर्गौला रोग विशेषज्ञ डा। कल्पना श्रेष्ठले बिरामीले नक्कली नाता प्रमाणपत्र ल्याउने गरेको बताइन्। विदेशको तुलनामा नातासम्बन्धमा धेरै फराकिलो व्यवस्था भए पनि बिरामीले नक्कली नाता प्रमाणपत्र बनाउने गरेको उनले बताइन्। ‘नेपालमा नातासम्बन्धमा धेरै फराकिलो व्यवस्था छ’, उनले भनिन्, ‘तैपनि नक्कली नाता प्रमाणपत्रको कागजात ल्याउने गरेका छन्।’

मिर्गौला फेल भएका बिरामीलाई बचाउन सरकारले दान दिने बिरामीका आफन्तको दायरा फराकिलो बनाएको हो। जसअनुसार मिर्गौला दान दिने व्यक्ति कानुनअनुसार बिरामीको नाता पर्नुपर्छ। कानुनले तोकेबाहेकका व्यक्तिले दिएको मिर्गौला दानभन्दा पनि किनबेच मानिन्छ, जुन गैरकानुनी हो। तर, कानुनी कारबाहीबाट बच्न नक्कली कागजात ल्याउने गरेको मिर्गौला रोग विशेषज्ञ डा. श्रेष्ठ बताउँछिन्।

उनका अनुसार नक्कली कागजात बनाएर ल्याएको फेला परे प्रहरीको जिम्मा लगाउने चेतावनी दिएपछि भने नाताबाहिरका व्यक्तिहरू मिर्गौला दान गर्न हच्केको उनको अनुभव छ। ‘नक्कली कागजात बनाएर मिर्गौला दान दिन आउने र मिर्गौला लिने बिरामीलाई प्रहरीको जिम्मा लगाउने भनेपछि केही व्यक्ति पछि हटेका छन्’, उनले भनिन्।

केन्द्रमा आएर जाँच गराइसकेका बिरामीले नै नक्कली नाता प्रमाणपत्र लिएर आउने गरेको उनले सुनाइन्। ‘सुरुदेखि हामीले जाँचेका हुन्छौं। जाँचका क्रममा बिरामीका आफन्त को–को हुन्, सबै जानकारी भइसक्छ’, उनले भनिन्, ‘बिरामीका सबै नातेदार चिनिसक्दा पनि उनीहरू अर्कै व्यक्तिलाई नाता प्रमाणित गराएर प्रत्यारोपण गर्न आउने गरेका छन्।’

उनका अनुसार भारतबाट आउने बिरामीले झन् नक्कली कागजात ल्याउने गरेका छन्। यस्तो समस्या निम्तिएपछि भारतीय दूतावासबाट आउने प्रमाणलाई केन्द्रले आधिकारिक मान्दै आएको डा. श्रेष्ठले जानकारी दिइन्। आफन्तले बिरामीलाई मिर्गौला दान दिन चाँडै तयार नहुने भएकाले प्रत्यारोपणकै लागि बिदेसिने बिरामीको संख्या पनि कम छैन। विशेषतः भारत गई लाखौं रुपैयाँमा मिर्गौला किनेर प्रत्यारोपण गर्नेहरूको संख्या धेरै छ।

भारतमा मिर्गौला प्रत्यारोपण गर्न जाने नेपालीका लागि कागजात तयार गरिदिने गिरोह नै सक्रिय छ। भनेजति पैसा खर्च गर्न सक्नेहरूले उक्त गिरोहमार्फत विदेशमा मिर्गौला प्रत्यारोपण गराउँदै आएका छन्। नेपालकै लागि आवश्यक कागजात बनाउन भने गिरोहले नमानेको बिरामी बताउँछन्।

केन्द्रले माघ महिनासम्म चार सय जनाको सफल मिर्गौला प्रत्यारोपण गरिसकेको छ। केन्द्रका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले सरकारले मिर्गौला प्रत्यारोपण निःशुल्क गरेपछि केन्द्र पुग्ने बिरामीको चाप दिनानुदिन बढिरहेको जानकारी दिए। उनका अनुसार अझै करिब चार सय बिरामी मिर्गौला प्रत्यारोपणका लागि प्रतीक्षा सूचीमा छन्। अधिकांशले मिर्गौला दान दिने आफन्त निश्चित गर्न नसक्दा मिर्गौला प्रत्यारोपणका लागि पालो पर्खनुपरेको हो।

‘मिर्गौला दान दिने व्यक्ति निश्चित गरेर आएको खण्डमा सम्पूर्ण जाँच सकेर दिने र लिनेको मिर्गौला म्याच भए एक साताभित्रै प्रत्यारोपण हुन्छ’, कार्यकारी निर्देशक डा. श्रेष्ठले भने, ‘तर मिर्गौला लिने बढी आए दिने त्यसको तुलनामा कम छन्।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments